जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् ।

सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, “उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए ।

बायोहाइब्रिड रोबोट विशेषज्ञले यो प्रविधिले एक दिन एन्ड्रोइडको आविष्कारमा मानव जस्तो उपस्थिति र क्षमताको साथ भूमिका खेल्ने आशा गरेका छन् ।

“हामीलाई आशा छ, जीवित प्रणाली र संयन्त्रहरूको वैज्ञानिक अध्ययन ९फिजियोलोजी० ले मुजाको बनावट र अनुहारको हाउभाउबारे जानकारी दिन मद्दत गर्नेछ,” प्राध्यापक शोजी टेकुचीको नेतृत्वको टोलीले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रायः सिलिकन रबरबाट बनेको वास्तविकजस्तो देखिने छालाले ढाकेको नयाँ सामग्रीले परम्परागत ‘ह्युमनोइड रोबोट’ भन्दा एक कदम अगाडिको विकासको सङ्केत दिन सक्छ तर यसले पसिना वा आफैलाई निको पार्न सक्दैन ।

वैज्ञानिकहरूको लक्ष्य ‘जैविक छालामा निहित आत्म–उपचार क्षमतासहितको रोबोटको निर्माण गर्नु हो’ तर उनीहरू अझै त्यहाँ पुगिसकेका छैनन् ।

यसअघिका अध्ययनहरूमा उनीहरूले प्रयोगशालामा हुर्केको छालाको कटमा कोलेजनलाई रोबोटिक औंलाले ढाकेर यसलाई कसरी मर्मत गर्न सकिन्छ भनेर अध्ययन गरी यसको नतिजा बाहिर ल्याएका थिए ।

तरल पदार्थको रूपमा सर्ने ‘प्राकृतिक मुस्कान’ को रूपमा वर्णन गर्न, उनीहरूले छाला जस्तो कोषलाई पानी र तातोको उपस्थितिमा स्टार्च अणुहरूको अन्तरआणविक बन्धनहरू तोड्ने प्रक्रिया अर्थात् वास्तविक मानव छालाको लिगामेन्टबाट प्रेरित एक विधि (जिलेटिनाइज्ड) गरी रोबोटको प्वालभित्र राखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com