दिल्लीमा पानीको अभाव


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

INDIA-CLIMATE-WEATHER-WATER-HEAT

गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।

गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।

बढ्दो तापक्रमको बीचमा, यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।

यसैबीच, पानी सङ्कटमा राजनीतिक खिचातानीे बीचमा, दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हडतालमा बस्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबिच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताउनु भयो ।

उहाँले “केजरीवाल टिभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफुलाई दुःख लागेको भवना सम्प्रेषण गरिदिनु भयो । केजरीवालले आतिशीको ’तपस्या’ सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशा सहित अतिशीलाई शुभकामना दिनु भयो । यद्देपी भारतीय जनता पार्टीले भने पानी सङ्टलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ ।

भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले “भ्रष्टाचारलाई प्रोत्साहित गर्न“ संकटलाई “योजनाबद्ध“ गरेको आरोप लगाउनु भयो ।

पानीको सङट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको बांसुरी स्वराजले उल्लेख गर्नु भयो ।

उहाँले सहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुदाँ केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अन्सनको धम्की दिइरहेको बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com