‘मुसाले बाढी निम्त्यायो’
प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार
भारतको बिहार राज्यका एक जना मन्त्रीले हालै देशमा आएका बाढीका लागि मुसा जिम्मेवार रहेको बताएका छन्।
जलश्रोत मन्त्री राजीव रञ्जनले तटबन्ध नजिक बसोबास गरिरहेका मानिसले भण्डारण गरेका अन्नतर्फ मुसा आकर्षित भएको बताए।
उनले तटबन्धहरुमा मुसाले प्वाल पारेको र त्यसलाई कमजोर बनाएको अनि उक्त प्वालबाटै बाढी गाउँमा पसेको धारणा राखे।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]

हालैका बाढीका कारण भारतमा ५०० जना भन्दा बढीको मृत्यु भएको छ भने १२ लाख मानिस विस्थापित भएका छन्।
अभियानकर्ताहरुले चाहिँ सरकारले सडक र अन्य पूर्वाधार निर्माण गर्दा पानीको निकासलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
यसै वर्षको सुरुमा बिहारका अधिकारीहरुले सरकारले जफत गरेका लाखौं लिटर रक्सी मुसाले सेवन गरेको दाबी गरेका थिए।
Source : BBC Nepali






