रुसी कन्सुलेट बन्द गर्न अमेरिकी आदेश


प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

अमेरिकाले रुसलाई स्यान फ्र्यान्सिस्कोमा रहेको कन्सुलेट र दुईवटा व्यापार नियोगहरु बन्द गर्न आदेश दिएको छ।

कन्सुलेट तथा न्यूयोर्क र वाशिङटनमा रहेका कार्यालयहरु शनिबारदेखि बन्द हुनुपर्ने बताइएको छ।

रुसले गत महिना मस्कोबाट अमेरिकी कर्मचारीहरुलाई फिर्ता पठाइदिएपछि अमेरिकाको विदेश मन्त्रालयले पछिल्लो कारवाहीको घोषणा गरेको हो।

यी घटनाक्रम रुसमाथि अमेरिकी चुनावमा हस्तक्षेप र क्राइमियाप्रति रुसको व्यवहारलाई कारण देखाएर रुसमाथि थप नाकाबन्दी लगाउँदै ३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिकाले फिर्ता पठाएपछिका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्सुलेट

स्यान फ्र्यान्सिस्कोको कन्सुलेट बन्द भएपछि अमेरिकामा तीन मात्र रुसी कुटनीतिक नियोग बाँकी रहने बताइएको छ

दुख व्यक्त

राष्ट्रपति बराक ओबामाले गत डिसेम्बरमा दुई कार्यालय बन्द गर्दै त्यसरी कुटनीतिज्ञहरु फिर्ता पठाइदिएका थिए।

अमेरिकी दूतावासरुसस्थित अमेरिकी दूतावास

शुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिक्रिया नजनाएपनि पछि जुलाइ अन्त्यमा ७५५ जना अमेरिकी कर्मचारीलाई फिर्ता पठाइदिएका थिए।

एकजना अमेरिका वरिष्ठ प्रशासकले भने- कन्सुलेट र व्यापारिक कार्यालयहरु बन्द गरिएपनि रुसी कर्मचारीहरुले अमेरिका छोड्नुपर्ने छैन।

ती सम्पत्ति रुसकै रहिरहने तर उसले प्रयोग गर्न नपाउने बताइएको छ।

यो निर्णय पछि दुवै देशका तीन तीनवटा कन्सुलेट बाँकी रहेका छन्।

रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभले अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनसँग बिहीबार फोन गरेर द्वीपक्षीय सम्बन्धमा तनाव बढ्दै गएकोमा दुख व्यक्त गरेका छन्।

नयाँ अमेरिकी निर्णयको अध्ययन गरेर प्रतिक्रिया दिने रुसी विदेश मन्त्रालयको विज्ञप्तीमा जनाइएको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com