चक्रवातको असर : भारत र बङ्गलादेशमा गरी ६५ जनाको ज्यान गयो


प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार

बङ्गलादेश र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको दुबै देशका अधिकारीहरू र सञ्चारमाध्यमले जनाएका छन् ।

आइतवार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले बिस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो ।

बङ्गलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी बर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामोमध्ये एक’ भएको बताउनुभयो ।

विपद् व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बङ्गलादेशमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको थियो ।

भारतमा एक्काइस जनाको मृत्यु भएको अघिल्लो सङ्ख्या अद्यावधिक गर्दै ४७ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

उत्तरपूर्वी मिजोरम राज्यमा चक्रवातमा परी अधिकांश अठ्ठाइस जनाको मृत्यु भएको थियो जसमध्ये मङ्गलबार आएको आँधीका कारण परेको खानीमा पुरिएर १४ जना कामदारको ज्यान गएको मिजोराम सरकारले एक विज्ञप्तिमा जानकारी गराएको हो ।

पश्चिम बङ्गाल राज्यमा दश जनाको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी सुमित गुप्ताले बुधबार बताउनुभयो ।

हिन्दुस्तान टाइम्सले उद्धृत गरेको रिपोर्टअनुसार असम, नागाल्यान्ड र मेघालय राज्यमा कम्तीमा १० जनाको मृत्यु भएको छ । चक्रवातले प्रत्येक वर्ष बङ्गलादेश र भारतमा ठूलो क्षति पु¥याउने गरेको छ ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका छन् । यद्यपि, राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको सङ्ख्या भने कम देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com