आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा


प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

धनगढी, १५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले भन्नुभयो, “सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।”

प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहँले ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको बताउनुभयो ।

कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ जानुभएको छ ।

नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो ।

चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै रु एक अर्ब रकम विनियोजन गरिएको बताइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com