न्युयोर्कमा प्रथम ऐतिहासिक आदिवासी चलचित्र महोत्सव, उत्कृष्ट चलचित्र ‘लोम्बा’


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

– मच्छे गुरुङ

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ न्यूयोर्कमा सम्पन्न भएको छ । । २३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव’ आयोजना गरेको हो । तीन दिनसम्म चलेको महोत्सवमा मगर भाषाको कला र संस्कृतिमा आधारित चलचित्र लोम्वाले, नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड–२०१७ हात पारेको छ । लोम्बाले, उत्कृष्ट चलचित्रको अवार्डसँगै एक लाख नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।

नेपाल आदिवासी जनजाति चलचित्र अवार्ड जित्न सफल भएको हो । उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने अवार्ड ग्रहण मगर संघ अमेरिकाका अध्यक्ष कुलद्वीप रानामगरले ग्रहण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवमा विभिन्न भाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै विभिन्न ११ वटा विधामा उत्कृष्ट हुनेलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको हो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही, लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’ राई भाषाको ‘सुम्निमा, र मुस्ताङी चलचित्र ‘शेरढाक’ चलचित्र प्रर्दशन गरिएको हो ।

यसैगरी, लघु चलचित्रहरु नेवारको ‘कल्ली’ राक्ष् भाषको पुवालो, र मुगालको ‘फेके’, को प्रर्दशन गरिएको थियो । त्यस्तै, उत्कृष्ट नायकको उपाधी मुस्ताङ भाषाको चलचित्र शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । नोमिनेशनमा गुरु परेका मैरिमोका गमन घले, कृष्णा गौतमीका कर्मा शाख्य, र लोम्बाका जनक बुढामगरलाई पछि पार्दै गुरुङले उत्कृष्ट नायकको उपाधी उचाल्न सफल भएको हो । त्यस्तै, उत्कृष्ट नायिकाको उपाधी गुरुङ भाषाको चलचित्र मैरिमोकी नायिका सपना गुरुङले जितेकी छिन् । मैरिमोसहित सेम तावा म्हीबाट सुष्मा थिङ, कृष्णा गौतमीबाट मेलिना मानन्धर, हेलुक्वाबाट पुष्पा आङदेङवे र सुम्निमाबाट प्यारी राई उत्कृष्ट नायिकाको लागि नोमिनेशनमा परेका थिए ।

महोत्सवमा उत्कृष्ट कथाको उपाधी राइ भाषाको चलचित्र सुम्निमाका प्रविण पुमालाई प्रदान गरिएको छ । लोम्वाबाट अनिल बुढा मगर, सेम तावा म्हीबाट राजकुमार मोक्तान, शेर ढाकबाट छिरिङ रिञ्जिङ गुरुङ र कृष्णागौतमीबाट रामकृष्ण खड्गी, यो अवार्डका लागि नोमिनेशनमा परेका थिए ।
त्यस्तै तामाङ भाषी चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले उत्कृष्ट संगीतक निर्देशको उपाधी आफनो पोल्टामा पारेको छ । लिम्बु भाषको चलचित्र हेलुक्वाका गुरु आत्मानन्द लिङदेन, मैरिमोका तेजेन्द्र गुरुङ, सुम्निमाका बलराम समाल र कृष्णा गौतमीका रामकृष्ण खड्गीलाई पछि पार्दै उत्कृष्ट संगीत निर्देशकको उपाधी हात पार्न सफल भएका हुन् ।

महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी भने सेम तावा म्हीले हात पारेको छ । उपाधीका लागि सुम्निमाका युवराज राई, लोम्वाका जनक–शम्भु र कृष्णा गौतमीका रवि सायमी पनि नोमिनेशनमा परेका थिए । यसैबीच, उत्कृष्ट सम्पादनको उपाधी कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पारेको छ । कृष्णा गौतमीसहित मैरिमो र सेम तावा म्ही यो उपाधीका लागि नोमिनेशनमा परेका थिए ।

त्यस्तै उत्कृष्ट भेषभुषातर्फ, उपाधी लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए । लोम्वासँगै, सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा उत्कृक्ष् भेषभुषाका लागि नोमिनेशनमा परेका थिए । यसैगरी, उत्कृष्ट चलचित्र निर्देशकको उपाधी पनि लोम्वाका अनिल बुढा मगरले नै प्राप्त गरेका छन । मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले पाएको छ । उत्कृष्ट छोटो चलचित्रको उपाधी भने पुवालोले जितेको छ । यो उपाधीका लागि फेके र कल्ली नोमिनेशनमा परेका थिए ।

महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा विशेष समारोहकाबीच समुद्घघाटन गरि शुरु गरिएको थियो । राज्य र मुलधारबाट सिमान्तकृत नेपालका आदिवासी चलचित्रहरु मार्फत आदिवासी जनजातिको, कला, भाषा, संस्कृति परम्परालाई संवद्र्धन गर्न, आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धदनका लागि महोत्सव आयोजना गरिएको महोस्सव संयोजक भच्छे गुरुङले जानकारी दिएको छ । महोत्सवले नेपालका आदिवासी जनजातिको हक अधिकार सवाललाई उजागर गर्दै पहिचानको मुद्धालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुग्न फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताउनुभएको छ । अध्यक्ष वाइवाले भवियष्समा पनि यस्ता महोत्सव आयोजना गदैैै जाने जानकारी दिनुभयो ।

उहाँले, फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सम्पूर्ण चलचित्रकर्मी, सहभागी सबैलाई महोत्सव सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । यसैबीच, चलचित्र उपाधी वितरण गर्दा धाँधली भएको भन्दै केही चलचित्रकर्मीले कार्यक्रम स्थलमा नै विरोध गरेका थिए । समापन समारोह बिनिता तामाङ र प्रहन एलुङ राइले सत्तचालन गरेका थिए । विभिन्न स्थानिय कलाकारले हामी आदिवासी जस्ता गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्थाको रुपमा रहेको फिप्नाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com