मिर्गौला रोगीलाई दश लाख सहयोग


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

रत्ननगर (चितवन), १२ भदौ । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ ।

यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुग्नुभएका चितवनको खैरहनी नगरपालिका– १ बहेराका हरेरामको चार महिना अघि दुवै मिर्गाैला काम नलाग्ने भएपछि घर फर्किएका थिए । पैँतीस वर्षीय हरेरामको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँको मिर्गाैलाको डायलासिस भने नेशनल डायलासिस सेन्टर वसुन्धरामा चलिरहेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ का मित्रमणि कँडेल र नवलपरासी गैँडाकोट नगरपालिका– ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले पोर्चुगलमा आर्थिक संकलन गरी शनिबार मात्रै रु दुई लाख सहयोग पठाएको कारीले जानकारी दिनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पोर्चुगलमा रहेका विभिन्न व्यक्ति र समूहबाट संकलन गरेर पठाएको रु दुई लाख खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी र मित्रमणिका बुबा डम्बरप्रसाद कँडेलले पीडितकी आमा शनिचरी महतोलाई हस्तान्तरण गरिएको थियो ।

आर्थिक सहयोग संकलन हुनेक्रम अझै जारी रहेको र अहिलेसम्म रु १० लाख जति संकलन भएको जनाइएको छ ।
दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुईपटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, दुबई, कतार र मलेसयाबाट समेत सहयोग आएको अभियान्ता कारी महतोले जानकारी दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com