अमेरिकासँगको तनाव चुलिँदै जाँदा भेनेजुएलाको सरकारले देशभर सैन्य अभ्यास आयोजना गर्दै हजारौँ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ।
सरकारले दुई लाख सैनिकहरु र ७ लाख सर्वसाधारण र आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने भनिएका व्यक्तिहरु उक्त तालिममा सहभागी भएको जनाएको छ।
संयुक्त राज्य अमेरिकाले निकोलास मडुरोको सरकारमाथि मानवअघिकार उल्लंघनका विषयलाई लिएर दवाव बढाएपछि पछिल्लो सैन्य अभ्यास आयोजना गरिएको हो।
राजधानी कारकस र भेनेजुएलाका अन्य शहर तथा नगरहरुमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणहरुलाई तालिम दिइएको थियो।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
उद्देश्य
राष्ट्रपति मडुरोले आफ्ना जनता ‘साम्राज्यावादी’को आक्रमणबाट देशको रक्षा गर्न तयार रहेको बताएका छन्।
शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध कडा प्रतिबन्धहरु घोषणा गर्दै मडुरो ‘तानाशाह’ भएको आरोप लगाएका थिए।
यसै महिनाको शुरुमा ट्रम्पले भेनेजुएलाको संकटसँग जुध्न सैनिक हस्तक्षेप पनि एउटा विकल्प रहेको बताएका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।