भासियो अरनिको राजमार्ग


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

c/lgsf] /fhdfu{ v08 cGtu{t ;”o{ljgfos gu/kflnsf–( knfF;]df elTsPsf] ;8s . :yfgLo k|sfz hf]zLn] vf]nf y’g]/ hUuf ;DofpFbf ;8s elTsP kl5 ;jf/L cfjfudg k|efljt ePsf] 5 . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

भक्तपुर, ९ भदौ । सर्वाधिक सवारी आवागमन हुने अरनिको राजमार्ग खण्ड भासिएर भत्किँदा पूर्वबाट काठमाडाँै आउने सवारी आवागमन प्रभावित भएको छ ।

खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण दैनिक हजाराँै सवारी साधन गुड्ने एक मात्र पूर्वी नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेँमा आज सडक भासिएको हो । स्थानीयवासी प्रकाश जोशीले सार्वजनिक जग्गा अतिक्रमण गरी नियमित रुपमा बग्दै आएको खोला थुनेर आफ्नो जग्गा सम्याउँदा सडक नै भत्किएको सूर्यविनायक नगरपालिका वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खोलाको बहाव नै बन्द गरेर सानो ह्युमपाइप राखेर निकास दिई जग्गा सम्याउँदा स्थानीयको विरोध आएपछि मैले वडा कार्यालयमै बोलाएर नियमविपरीत काम नगर्न र तत्काल खोला थुनेर जग्गा सम्याउने कार्य रोक्न निर्देशन दिँदा पनि जोशीले अटेर गर्नुभयो, त्यसको परिणाम अरनिको राजमार्ग नै भत्कियो ।”

स्थानीय बासिन्दाका अनुसार सार्वजनिक जग्गासमेत अतिक्रमण गरी जोशीले व्यापारिक प्रयोजनका लागि खोला थुनेर जग्गा सम्याउँदा बिहीबार परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला फुटाएर सडक भत्काएको हो । महानगरीय प्रहरी वृत्त जगातीले जोशीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जोशीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन सडक कार्यालय भक्तपुरलाई बुझाइएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सडक भत्किएपछि आज बिहानदेखि प्रहरीले त्यस क्षेत्रमा एकतर्फी रुपमा यातायात सञ्चालन गराएको छ । सडक भत्किएपछि आज जिल्लास्थित सरकारी कार्यालय र सडक कार्यालयको टोलीले सडकको अनुगमन गरेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com