चीनले सन् २०२० सम्म छ हजार अवैध कोइलाखानी बन्द गरिने


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

बेइजिङ, ९ भदौ । चीन सरकारले आउँदो सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैर कानुनी कोइला खानी बन्द गर्ने भएको छ ।

कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सन् २०१६ देखि नै सुरु गरिएको अधिकारीहरुले बताएका छन् ।

सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हँुदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रान्तीय कार्यालयले जनाएको छ ।

अवैध कोइलाखानीलाई नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन गर्ने, सूचना प्रवाह गर्न एउटा छुट्टै संयन्त्र बनाउने, मजदुरहरुको सुरक्षाका मापदण्ड बनाउनेलगायतका कार्य गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोइलाखानीमा उद्धार टोली पुनःगठन गर्ने र अनुसन्धानबाट प्राप्त विवरणलाई सार्वजनिक गरी सुधार गराउने कार्य पनि गर्ने अधिकारीले बताएका छन् ।

–ः ३ ः–

चीनले कार्यक्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागि निकै महत्व दिएको छ । गत जनवरीदेखि जुलाइसम्ममा २७ हजार ४७८ वटा दुर्घटना गएको अधिकारीले बताएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com