धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा साठीजनालाई राहत


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

राजविराज, ९ भदौ । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको राहत वितरण कार्यक्रममा जिल्लाभरि बाढीबाट प्रभावित भएका ६० जना अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको सङ्घका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिनुभयो ।

सो संस्थाले उपलब्ध गराएको डस्ना, तन्ना, ब्ल्याङ्केट र ३० केजीका दरले चामल, दुई केजी दाल, दुई केजी खानेतेल, एक कार्टुन चाउचाउ, दाँत माझ्ने मञ्जन तथा पेस्ट लगायतका सामग्री उनीहरुलाई वितरण गरिएको बताइएको छ । खाँडो नदीसहित विभिन्न खोलाको बाढीबाट जिल्लाको अतिप्रभावित रम्पुरामल्हनिया, कोइलाडी बर्साइन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सो राहत वितरण गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कटृेलले तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितलाई राहत बाँड्दै बिहीबार सप्तरी आइपुग्नुभएको हो । जिल्लामा रहेका छजना दृष्टिविहीन, ६ बहिरा, आठ बौद्धिक अपाङ्ग र सुस्तः मनस्थिति भएका व्यक्ति र शारीरिक अपाङ्गता भएका ४० जनालाई राहत वितरण गरिएको समावेशी अपाङ्ग सङ्घ, सप्तरीले जनाएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com