आप्रवासी फारममा अपशब्द लेख्ने अमेरिकनलाई फिलिपिन्समा आजीवन प्रतिबन्ध


प्रकाशित मिति : मंसिर २, २०८० शनिबार

passport book on floor

फोटो: जेरेमी डोरोघ

फिलिपिन्सले एक अमेरिकी यात्रीलाई फिलिपिन्स यात्रामा आजीवन प्रतिबन्ध लगाएको छ । उनीमाथि डिजिटल अध्यागमन फारममा अपशब्दहरू लेखेको र अध्यागमन अधिकारीहरूसँग असभ्य व्यवहार गरेको आरोप लगाइएको छ।

३४ बर्षका एन्थोनी लरेन्सलाई फिलिपिन्स प्रवेशमा रोक लगाउनुका साथै उनको कथित अनादरपूर्णू व्यवहारको कारण स्थायी रूपमा कालोसूचीमा राखिएको फिलिपिन्स ब्यूरो अफ इमिग्रेसन कमिश्नर नर्मन तान्सिङ्कोले बताएका छन् । लरेन्स नोभेम्बर ७ मा एयर एशियाको उडानमार्फत थाइल्याण्डको बैंककबाट फिलिपिन्सको राजधानी मनिलाको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेका थिए।

फिलिपिन्सका अधिकारीहरूका अनुसार उनले आगमनमा एक अध्यागमन अधिकारीलाई घृणाजनक व्यवहार गरेका थिए । उनलाई अनलाइन यात्रा फारम भर्न सम्झाउदा उनले आफ्नो राहदानी र मोबाइल फोन अधिकारीमाथि फ्याँकेका थिए । लरेन्सले भने अध्यागमन अधिकारीको आरोप अस्वीकार गरेका छन् । उनले आफूले केही नफ्याँकेको र आवाज पनि चर्को नबनाएको दावी गरेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उनले फोनमा ट्राभल फारम सही ढंगले काम गर्न नसकेपछि अध्यागमन अधिकारीसँग सहयोग मागेको तर उनलाई सहयोग नगरी फर्काइएको बताएका छन् । उनले फारम भर्नका लागि तीनपटक असफल प्रयासहरू गरेको बताएका छन् । त्यसपछि आफ्नो कनेक्टिंग उडानका लागि छिटो अध्यागमन पूरा गर्न हतारमा गलत जानकारी प्रविष्ट गरेको उनले बताएका छन् ।

आफूले तुरुन्तै माफी मागेपनि अध्यागमन अधिकारीले चासो नदिएको र आफूले अध्यागमन अधिकारीसमक्ष हातले लेखेर समेत माफी पनि मागेको उनले बताएका छन् । फिलिपिन्स अधिकारीहरूले अनावश्यक प्रतिक्रिया देखाएका र आफूलाई उचित प्रक्रियाबाट वञ्चित गरेको लरेन्सको आरोप छ । उनलाई प्रतिबन्धको जानकारी दिने कुनै आधिकारिक कागजात पनि नदिइएको लरेन्सले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com