कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो


प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

बुनिया (कंगो), ४ भदौ । कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि २०० जनाको ज्यान गएको समाचार छ ।

गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ ।

कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको थियो ।

कम्तीमा पनि १०० घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन् । अरु हजारौँ घर परिवार विस्थापित भएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो । बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबार मात्र पुग्न सकेका थिए ।

शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि यहाँ पुगेका छन् । उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन् ।

कंगोमा आन्तरिक द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट ज्यान जाने नागरिकको संख्या बढ्दो रहेको छ । पछिल्लो समयमा यहाँ निकै धेरै नागरिकले ज्यान गुमाइरहेका बताइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com