शालिक हटाउने कार्यबाट ट्रम्प बेखुसी


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

संयुक्त राज्य अमेरिकामा अन्तरजातीय सम्बन्धकाबारे राष्ट्रिय बहस चर्कीरहंदा, कुनै बेला देशमा दासप्रथा अन्त्य गर्ने प्रयासका विरुद्ध संघर्ष गरेका कन्फेडरेटहरुको शालिक हटाउने कार्यको राष्ट्रपति ट्रम्पले निन्दा गरेका छन्।

उनले ति शालिकहरुलाई “सुन्दर” भन्दै ति शालिकहरु हटाउने नाममा देशको इतिहास र संस्कृति मेटाउने गतिविधि भैरहेकोमा आफूलाई दु:ख लागेको बताएका छन्।

राष्ट्रपति ट्रम्प भन्छन्, “इतिहासलाई परिवर्तन गर्न सकिंदैन त्यसबाट शिक्षा मात्र लिने हो।”

विहीबार विभिन्न ट्वीटहरु गर्दै उनले “रबर्ट इ. ली, स्टोनवाल ज्याकशनको शालिक हटाएपछि अब के वाशिंगटन, जेफर्शनहरुको शालिक पनि हटाउने? यो मूर्खता होइन?” भनेर प्रश्न गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हाम्रा शहर,नगर र पार्कहरुको सुन्दरताका रुपमा रहेका शालिकहरु हटाइएको छ, तिनीहरुको क्षतिपूर्ति कहिल्यै हुन सक्दैन”, राष्ट्रपति ट्रम्पको भनाई थियो।

                 इतिहासलाई परिवर्तन गर्न सकिंदैन त्यसबाट शिक्षा मात्र लिने हो।

                डोनल्ड ट्रम्प, राष्ट्रपति, संयुक्त राज्य अमेरिका

प्रत‌िक्रिया

शार्लट्सभिल् नगरमा आयोजित र्यालीमा भएको हिंसामा एकजना महिलाको मृत्यु भएको केहि दिनपछि राष्ट्रपति ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो।

सो नगरमा रहेको एउटा शालिकलाई जातीय रुपमा घृणित भन्दै हटाइएपछि त्यसको विरोधमा चरम दक्षिणपन्थी समूहहरुले उक्त र्याली आयोजना गरेका थिए।

सो घटनामा संलग्न दुवैपक्षको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पको व्यापक निन्दा भएको छ।

तर उनले आफूले श्वेतजातीय सर्वोच्चतावादीहरु र तिनका विरोधीहरुलाई नैतिक रुपमा एकै स्थानमा उभ्याएर दांज्ने प्रयास नगरेको बताएका छन्।

समर्थन

शालिक

भर्जिनीया राज्यको शार्लट्सभिल् शहरमा आयोजित र्यालीलाई नवनात्सी र श्वेतजातीय सर्वोच्चतावादीहरुको समर्थनप्राप्त थियो।

अमेरिकी गृहयुद्धका बेला दासप्रथा कायमै राखिनु पर्छ भन्ने कन्फेडरेटहरुको तर्फबाट लडेका एकजना सैनिक जेनरल रबर्ट इ. लीको शालिक हटाइएको विरोधमा उक्त र्यालीको आयोजना गरिएको थियो।

एकजना ड्राइभरले उक्त र्यालीको विरोधमा आयोजित अर्को प्रदर्शनमा सहभागी भएकाहरुको भिडमा आफ्नो मोटर लगेर जोतिदिएपछि यो प्रकरण हिंसात्मक बन्न पुगेको थियो।

सो घटनामा घाइते भएकी हेदर हेएरको पछि निधन भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com