अमेरिकामा घर किन्दै हुनुहुन्छ? मोर्गेज दर २२ बर्षकै सबैभन्दा उच्च ७.२३%


प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार

white and gray wooden house surrounded by green plants during daytime

Photo by Aubrey Odom

अमेरिकामा घर किन्दै हुनुहुन्छ भने विचार गर्नुहोला । अहिले मोर्गेज ब्याज दर २२ बर्षकै सबैभन्दा उच्च अर्थात् ७ दशमलव २३ प्रतिशत पुगेको छ । मोर्गेज दर यो हप्ता बढेर सन् २००१ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको हो ।

बिहीबार जारी गरिएको फ्रेडी म्याकको तथ्याङ्क अनुसार ३० वर्षको फिक्स्ड रेट मोर्टगेज अगस्ट २४ को अन्त्य भएको हप्तामा औसत ७.२३% थियो, जुन अघिल्लो हप्ता ७.०९% थियो। एक वर्ष पहिले ३० बर्षको स्थिर दर ५ दशमलव ५५ प्रतिशत थियो।

मोर्गेज दरहरू मेको अन्त्यदेखि ६ दशमलव ४ प्रतिशत भन्दा माथि छन् भने मध्य जुलाईदेखि उच्च आरोहण भइरहेको छ। गत हप्ताको दर अघि अन्तिम पटक दरहरू गत वर्षको नोभेम्बरमा ७% भन्दा बढी थिए जतिबेला दर मोर्गेज दर ७.०८% पुगेको थियो ।

gray wooden house
Photo by todd kent

यो हप्ताको औसत दर जुन १, २००१ को हप्तादेखि ३० वर्षको सबैभन्दा उच्च हो । त्यतीबेला मोर्गेज दर ७ दशमलव २४ प्रतिशत पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेडरल रिजर्भको ऐतिहासिक मुद्रास्फीति(नियन्त्रण अभियानको दौडान मोर्टगेज दरहरू बढेको छ । जसका कारण धेरै दशकहरूमा ग्राहकहरुको घर किन्नसक्ने क्षमतामा कमी आएको छ । घरको मूल्यबृद्धि र मोर्गेजमा ब्याजदर बढेका कारण थप लागतका कारण अहिले घर किन्नु महँगो छ।

बिक्रिका लागि उपलब्ध घरहरूको सूची नाटकीय रूपमा घटेको छ किनभने पहिले कम दरहरूमा लक भएका घरधनीहरू आफ्ना घर बेच्न अनिच्छुक छन्। कम इन्भेन्टरी र उच्च लागतको संयोजनले घर खरिदकर्ताहरूलाई अप्ठ्यारोमा पारेको छ र समग्र घरको बिक्रीलाई तल गिराएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com