अब उबर चलाउन कम्तीमा २५ बर्षको हुनुपर्ने, उबर इटका लागि भने फरक मापदण्ड


प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार

man driving a car wearing wrist watch

Photo by why kei

अब अमेरिकाको क्यालिफोर्नियामा उबर चलाउन कम्तीमा २५ बर्षको हुनुपर्ने भएको छ । उबरले क्यालिफोर्नियामा आफ्ना धेरैजसो नयाँ चालकहरूको लागि न्यूनतम उमेर आवश्यकतालाई बिहीबार बढाएर २५ बर्ष बनाएको छ । राज्यमा व्यावसायिक अटो बीमाको बढ्दो लागतका कारण कम्पनीले यो मापदण्ड बढाएको बताएको छ ।

नयाँ नियम उबरको यात्रुवाहक प्लेटफर्ममा यात्रुहरू चढाउन गर्न साइन अप गर्ने चालकहरूमा मात्र लागू हुन्छ । उबर इटसँग खाना डेलिभर गर्नेहरूका लागि भने यो नियम लागु हुनेछैन । पहिले २१ वर्ष वा त्योभन्दा माथिका व्यक्तिले उबरमा यात्रु बोक्नेगरी साइन अप गर्न सक्थे भने खाना डेलिभरीको लागि उमेर सीमा १९ रहेको थियो।

man driving vehicle with GPS system turned on
Photo by Dan Gold

बुधवार अगाडि नै साइनअप गरेका २५ वर्ष मुनिकाहरूले भने उबर चलाउन सक्ने कम्पनीले जनाएको छ । उबरका क्यालिफोर्निया चालकहरूको लागि बीमा दरहरू व्यक्तिगत सवारी साधन वा ट्याक्सी चालकहरूको तुलनामा उल्लेखनीय रूपमा उच्च छन् ।

अमेरिकाका सबै ५० राज्यहरूमा यात्रुवाहक सेवाका लागि उबर चालकहरूको लागि व्यावसायिक बीमा चाहिन्छ। उबरले चालकहरूको लागि व्यावसायिक अटो बीमा राख्छ । यो बिमा एक पटक सवारी स्वीकार गरेपछि कम्तीमा १ मिलियन डलरको दायित्व कवरेज सहितको हुन्छ । व्यक्तिगत अटो बीमाले सामान्यतया उबरजस्ता सवारी हेलिङ एपहरूमा गतिविधिलाई कभर गर्दैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उबरको मुख्य प्रतिस्पर्धी लिफ्टका लागि ड्राइभ गर्नेहरूको लागि न्यूनतम उमेर पहिले नै २५ हो। बिहीबारदेखि उबरमा साइन अप गर्न खोज्ने २५ वर्ष मुनिका चालकहरूले नयाँ नीति र थप जानकारीको लागि लिङ्क प्रदान गर्ने इमेल प्राप्त गर्नेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com