प्रधानमन्त्री दाहाल अमेरिका जाँदै, उतैबाट चीन जाने
प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेप्टेम्बर १९ बाट अमेरिकामा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन त्यसतर्फ जाने हुनु भएको छ । त्यहाँको कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री त्यतैबाट चीन भ्रमणमा जानु हुने भएको हो ।
आज मंगलबार सञ्चार माद्यमका सम्पादकहरुसितको छलफलमा प्रधानमन्त्री दाहालले यसबारे जानकारी दिनुभएको हो । उहाँ भदौ ३० मा अमेरिका जानुहुने र असोज ४ गते अमेरिकाबाट चीन तर्फ जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री दाहाल चीनमा सेप्टेम्बर २३, २४ र २५ मा हुने एसियाली खेलकुदका क्रममा त्यस तर्फ जाने र त्यहाँ चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँग समेत भेटघाट गर्नुहुनेछ ।
चीन भ्रमणमा रसुवाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन राख्ने सहमति हुने स्थिति रहेको प्रधानमन्त्रीले बताउनुभयो ।








