नयाँ भेरियन्टका कारण अमेरिकामा कोभिड १९ बाट अस्पताल भर्नादर बृद्धि, के चिन्तित हुनुपर्छ?


प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार

white cotton buds on persons hand

अमेरिकामा कोभिड १९ का कारण अस्पताल भर्ना हुनेदर जुलाईको शुरुदेखि नै थोरैमात्रामा बढेको छ। अपडेट गरिएको खोप आउन अझै महिनौं बाँकी रहँदा यसपटकको समरमा यसले चिन्ता थपेको छ । तर बिरामीहरूको संख्या पहिलेको भन्दा धेरै कम छ।

जुलाई २९ मा समाप्त भएको हप्तामा कोभिड १९ बाट अस्पताल भर्नाको संख्या ९,०५६ थियो। त्यो अघिल्लो साताको तुलनामा करिब १२ प्रतिशतले बढेको हो ।
तर यो विगतका शिखरहरूबाट धेरै टाढा छ । जनवरीको शुरुमा अस्पताल भर्ना हुने दर साप्ताहिक ४४ हजार थियो भने सन् २०२२ को जुलाईमा साप्ताहिक ४५ हजार भर्ना भएका थिए । जनवरी २०२२ मा साप्ताहिक अस्पताल भर्ना हुने दर १ लाख ५० हजार थियो ।

जोन्स हप्किन्स ब्लूमबर्ग स्कुल अफ पब्लिक हेल्थका संक्रामक रोग महामारीविद् डा डेभिड डाउडीका अनुशार अस्पताल भर्ना हुने दर अलिकति बढिरहे पनि कुनै खतराको घण्टी बजाउनु पर्ने अवस्था भने नरहेको बताएका छन् । संक्रमण बढ्दो भएपनि डाटा न्यून रहेको छ। संघीय अधिकारीहरूले मेमा सार्वजनिक स्वास्थ्य आपतकालिन समाप्त गरिसकेका छन् । त्यसैले रोग नियन्त्रण र रोकथाम केन्द्रहरू र धेरै राज्यहरूले अब कोभिड परीक्षण परिणामहरूको संख्या ट्र्याक गर्दैनन्।

white and red heart shaped decor
Photo by Viktor Forgacs

जुनको सुरुदेखि नै हरेक हप्ता करिब ५०० देखि ६०० जनाको मृत्यु भइसकेको छ। यस समरमा मृत्युको संख्या स्थिर रहेको देखिन्छ, यद्यपि मृत्युमा विगतको वृद्धि अस्पतालमा भर्ना हुनु भन्दा पछाडि छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन महिनाको अन्त्यदेखि देशभरि नै ढलको पानीमा कोभिड–१९ भाइरसको मात्रा बढ्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुशार आउँदो हप्ताहरूमा उनीहरूले ढलको पानीमा कोभिड भाइरसको स्तरमा नजर राख्नेछन् किनकि मानिसहरू समर यात्राबाट फर्किन्छन् र विद्यार्थीहरू स्कूलमा फर्किन्छन्।

उत्तरपूर्व र दक्षिणमा ढलको पानीमा कोरोना भाइरसको उच्च स्तरहरू फेला परेको बायोबोट एनालिटिक्सका एक महामारी विशेषज्ञ क्रिस्टिन यंगले बताएका छन् । लिडरबोर्डमा शीर्ष स्थानमा नयाँ कोरोनाभाइरस ओमिक्रोनको एउटा संस्करण ईजी फाइभ रहेको छ । राष्ट्रिय रूपमा ईजी फाइभको संक्रमण देशमा १७ प्रतिशत रहेको छ । अर्को सबैभन्दा सामान्य वंश एक्स बीबी वान सक्सटीन १६ प्रतिशत रहेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रको पछिल्लो तथ्यांक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com