सुन प्रकरणमा जोडिएका आफ्नै नेतामाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग


प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार

काठमाडौं । भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरुले माग गर्नुभएको छ ।

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सुन तस्करी र भ्रष्टाचारमा नाम जोडिएको आफ्ना पार्टीका नेताहरुमाथि अनुसन्धान हुनुपर्ने माग गर्नुभएको हो ।

सो पार्टीको केन्द्रीय समितिको बैठकको आज चौथो दिन हो । आज बोल्ने नेताहरुले भ्रष्टाचार र सुन प्रकरणमा आफ्ना नेताहरुको नाम जोडिएकोले सोमाथि अनुसन्धान गर्ने निकायबाट आवश्यक अनुसन्धान हुनुपर्ने माग गर्नुभएको हो ।

यहाँ कसैले विज्ञप्ती निकालेर म निर्दोष छु भनेर हुँदैन, अनुसन्धान गर्ने निकायले दोषी वा निर्दोष के हो भनिदिनुपर्छ, बैठकमा बोल्दै नेता लेखनाथ न्यौपानेले भन्नुभयो–नेताहरुलाई माफियासँग सम्बन्ध राख्न होइन, जनताको काम गर्न पठाइएको हो । निर्दोष भए उहाँहरुले सफाइ पाउनुपर्ने दोषी भए दण्डित हुनुपर्ने भन्दै नेता न्यौपानेले भन्नुभयो– ‘विज्ञप्ती निकालेर मेरो दोष छैन भनेर मात्रै हुँदैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा हिमाल शर्मा, सरल सहयात्री, माधब सापकोटा, राजन दाहाल, मुक्ति प्रधान, रामकुमार शर्मा, रामनारायण बिडारी, नेता प्रल्हाद लामिछाने लगायतकाले पार्टीका नेताहरुमाथि अनुसन्धान हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

नेता प्रल्हाद लामिछानेले बाहिर चर्चामा आएजस्तो माओवादी नेताहरु संलग्न भएको प्रमाणित भए कसैलाई पनि छुट नहुने बताउनुभयो । सुन प्रकरणमा जस जसको नाम बाहिर आएको छ, उहाँहरुमाथि छानबिन होस्– लामिछानेले भन्नुभयो ।

खसोखाससँग कुरा गर्दै नेता लामिछानले सुन प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिनु दुखद् भएकाले त्यसमाथि छानबिन गर्न माग गरिएको बताउनुभयो । यसले पार्टीलाई ठूलो हानी हुने भएकाले अनुसन्धान गरी निर्दोष वा दोषी के हो निक्र्यौल हुनुपर्ने उहाँको भनाई छ ।

यसैबीच, केन्द्रीय समितिको बैठकमा छानबिनको माग उठेपछि केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना बारेमा छानबिन गर्न आग्रह गर्नुभएको छ । १०० किलो सुन प्रकरणमा पक्राउ परेका छावा छिरिङसँग ८/० अघि खिचिएको सामूहिक तस्विरलाई लिएर कुरा उठेपछि अनन्तले छानबिन गर्न आग्रह गर्नुभएको हो । दोषी प्रमाणित भए कठघरामा उभिन तयार रहेको उहाँको भनाइ थियो ।

सुन प्रकरणमा माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र उहाँको छोरा तथा अनन्त र उहाँको पत्नीको नाम सार्वजनिक भएको छ । यसै विषयमा केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले कुरा उठाएका हुन् ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजस्व अनुसन्धान विभागको टोलीले करीव १०० किलो सुन बरामद गरेको थियो । हङकङबाट क्याथे प्यासिफिक एयर हुँदै नेपालको राजधानी काठमाडौं आएको सो सुन सेटिङमा बाहिरिएपछि राजस्व अनुसन्धान विभागले समातेको थियो ।

विभागले सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको छ भने पक्राउ परेका व्यक्तिहरुलाई अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । सुन प्रकरणमा जोडिएका व्यक्तिहरु खुल्दै आइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com