मेगा मिलियन्स १.५५ बिलियन डलर पुगेपनि लोटरी टिकटको साटो स्टकमा लगानी गर्न विज्ञको सुझाव


प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार

black and silver laptop computer

अमेरिकामा शुक्रबार पनि कसैलाई नपरेपछि  मेगा मिलियन्स लोटरी अब १ दशमलव ५५ बिलियन डलर पुगेको छ । शुक्रबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब यो ज्याकपट अब अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो मेगा मिलियन्स ज्याकपट भएको छ । तर पनि विज्ञहरुले भने लोटरी टिकटको साटो स्टक किन्न सुझाव दिएका छन् । किनभने मेगा मिलियन्स ज्याकपट पर्ने सम्भावना ३०२ मिलियनमा एकमात्र हुनेगर्छ ।

person holding black android smartphone
Photo by Joshua Mayo

लामो अनुसन्धानले देखाउँछ कि स्टक बजार लोटरी किन्नुभन्दा राम्रो विकल्प हो। लोटरीको सपना देख्ने कुनै व्यक्तिले सन् २००२ देखि लोटरी टिकटहरूमा प्रत्येक महिना ४० डलर खर्च गरेमा यो रकम प्रत्येक वर्ष ४८० डलर हुन आउँछ । त्यो सबै रकम प्राय हार्ने सम्भावनामा नै पर्छ । यसरी हिसाब गर्दा २० बर्षमा तपाईले झण्डै १० हजार डलर गुमाउनुहुनेछ ।

लोटरी सपना देख्नुको सट्टा त्यो व्यक्ति स्टक मार्केटमा लगानी गरेको खण्डमा बढी नाफा कमाउन सक्ने विज्ञहरु बताउँछन् । उक्त व्यक्ति हरेक महिना ४० डलर एस एण्ड पी ५०० मा हालेको भएमा उक्त व्यक्तिले २० बर्षमा झण्डै २२ हजार डलर नाफा कमाउन सक्थ्यो । उक्त स्टकको बार्षिक बृद्धिदर सन् २००२ देखि २०२२ सम्म ८ प्रतिशत रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com