आज अचानक न्युयोर्कको युनियन स्क्वायरमा किन भयो हुलदंगा? कैयन व्यक्ति गिरफ्तार, प्रहरीहरु घाइते


प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार

न्युयोर्क प्रहरीले शुक्रबार सामाजिक संजालमा प्रभावशाली काई सेनाटलाई हिरासतमा लिएको छ । उनका कारण हजारौंको भीड न्युयोर्कको युनियन स्क्वायरमा उपहारको लागि जम्मा भएपछि सेनाटविरुद्ध दंगा उक्साउने लगायतका आरोपहरूबारे विचार गरिदै छ । प्रहरीले धेरै व्यक्तिहरूलाई गिरफ्तार गरेको छ भने धेरै प्रहरी अधिकारीहरू पनि घाइते भएका छन्।

युट्युबमा ४० लाखभन्दा बढी फलोअरहरू, इन्स्टाग्राममा ५० लाखभन्दा बढी र ट्विचमा ६ दशमलव ५ मिलियन फलोअरहरू भएका सेनाटले बुधबार ट्विच स्ट्रिममा युनियन स्क्वायर पार्कमा शुक्रबार अपराह्न ४ बजे विशाल उपहार आयोजना गर्ने बताएका थिए । स्ट्रिममा उनले युनियन स्क्वायरमा ट्रकबाट कम्प्युटर, प्ले स्टेशन फाइभ एस, माइक्रोफोन, किबोर्ड, वेबक्याम, गेमिङ कुर्सी, हेडफोन र उपहार कार्डहरू दिने बताएका थिए ।

जसका कारण आज दिउँसो ३ बजे पार्कमा हजारौं मानिसहरू भेला हुन थालेका थिए । लगत्तै पार्क र वरपरका सडकहरू मानिसहरूले भरिएका थिए भने सवारी साधन र पैदल यात्रुको आवतजावतमा अवरोध भएको थियो । भीडले प्रहरी लाई लेभल ४ को प्रतिक्रिया सक्रिय गर्न उत्प्रेरित गरेको थियो, जुन उच्च स्तरको प्रकोप प्रतिक्रिया हो। । प्रहरीले पहिले भीडलाई सम्हाल्न र क्षेत्र खाली गर्न लेभल २ प्रतिक्रिया सक्रिय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भीड बढ्दै जाँदा पार्कमा रहेका व्यक्तिहरूले प्रहरी र जनताप्रति हिंसात्मक कार्य गर्न थालेका थिए । केही सहभागीले नजिकैको निर्माणस्थलबाट सामान लिएर समेत गएका थिए । मान्छेहरुले निर्माण स्थलबाट बेल्चा, बन्चरो र अन्य औजार लिएर हिँडिरहेका थिए । केही व्यक्तिले पटका पड्काएर प्रहरीतर्फ फ्याकिरहेका थिए भने कसैले एकअर्कातिर फ्याकिरहेका थिए ।

सेनाटलाई पुलिसले सुरक्षा कारणहरूका लागि त्यहाँबाट हटाएको थियो । ट्विच स्ट्रिमर सेनाटले भेलाका लागि प्रहरीलाई सचेत गराएका थिएनन् भने अनुमति पनि लिएका थिएनन् । त्यसैले यसलाई गैरकानूनी सभा घोषित गरिएको थियो।

उन्मादमा धेरै पुलिस अधिकारीहरू घाइते भएका छन् भने धेरै मानिसहरूलाई पक्राउ गरिएको छ । भीड हटाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो ।
प्रहरीले अझै पनि गिरफ्तार गरिएको संख्या र घाइतेको संख्या गणना गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com