सबै प्रकृया पूरा भएर दूतावासमा अन्तरवार्ता नपाएका आप्रवासी भिसा आवेदन साढे ३ लाख


प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार

अमेरिकी दूतावासहरुमा अन्तरवार्ताको मिति पाउनका लागि प्रतिक्षारत नेशनल भिसा सेन्टरले प्रकृया पूरा गरिसकेका आप्रवासी भिसाका आवेदनहरुको संख्या झण्डै साढे ३ लाख रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अहिलेकै गति कायम रहेमा नेशनल भिसा सेन्टरमा कागजपत्रको प्रकृया पूरा भएर स्वीकृत भइसकेका ती आवेदनले दूतावासहरुमा अन्तरवार्ता पाउनका लागि अधिकतम ९ महिनासम्म कुर्नुपर्ने हुनसक्छ ।

जुन ३० सम्म कागजातको प्रकृया पूरा भएर अन्तरवार्ताका लागि तयार आवेदनहरुको संख्या ३ लाख ८८ हजार ३ सय ९७ रहेको थियो । तीमध्ये ३६ हजार ५ सय ७६ आवेदनको अन्तरवार्ता जुलाईका लागि तय गरिएको थियो भने ३ लाख ५१ हजार ८ सय २१ आवेदनहरु अन्तरवार्ताको मिति पाउन प्रतिक्षारत रहेका छन् । तीमध्ये प्राय परिवार र रोजगारमा आधारित आप्रवासी भिसाका आवेदनहरु हुन् ।

कोरोना महामारीभन्दा अगाडि क्यालेन्डर वर्ष २०१९ मा औसतमा ६० हजार ८ सय ६६ आवेदकहरू प्रत्येक महिना अन्तर्वार्ताको समय तालिकामा पेन्डिङ रहेका थिए। यो संख्यामा अहिले ६ गुणाबृद्धि भएपछि आवेदकहरुले दूतावासहरुमा अन्तरवार्ताका लागि प्रतिक्षा गर्ने अवधि लामो बनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन महिनाको तुलनामा जुलाईमा अन्तरवार्ताका प्रतिक्षामा रहेका सबै प्रकृया पूरा गरेका आवेदनहरुको संख्या अझै बढेको छ । साथै अन्तरवार्ताका लागि दूतावासहरुमा पठाइएका आवेदनको संख्या समेत जुनको तुलनामा जुलाईमा कम छ । जुनमा ३७ हजार ९ सय ५ आवेदनहरुको अन्तरवार्ता तय गरिएको थियो ।

यद्यपी मे महिनाको तुलनामा भने जुन र जुलाईमा सबै प्रकृया पूरा गरेर अन्तरवार्ताको प्रतिक्षामा रहेका आवेदनहरुको संख्यामा कमी आएको छ । फेब्रुअरीमा त यसरी प्रतिक्षामा रहेका आवेदनहरुको संख्या ४ लाख नाघेको थियो । जुन चालु आर्थिक बर्षकै सबैभन्दा उच्च हो । सन् २०२१ को कुनै विन्दाुमा यो सख्या ५ लाख नाघेको थियो ।

अमेरिकी दूतावास काठमाडौंले हरेक महिना झण्डै ५ सयदेखि एक हजारको हाराहारीमा आप्रवासी भिसाका अन्तरवार्ताहरु लिइरहेको छ । जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले ४४७ जनालाई आप्रवासी भिसा जारी गरेको थियो भने मे महिनामा ९६५ जनालाई आप्रवासी भिसा जारी गरेको थियो ।

अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले १०८२ जनालाई आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै मार्चमा उक्त दूतावासले ७४३ जनालाई आप्रवासी भिसा जारी गरेको थियो । यो संख्या फेब्रुअरीमा ६०१ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com