न्युयोर्कको क्वीन्समा बास्केटबल खेलिरहँदा विवादपछि १५ बर्षीयबाट १४ बर्षका टिनएजरमाथि गोली प्रहार


प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार

क्वीन्स बास्केटबल कोर्ट बाहिर विवाद भएपछि एक १४ वर्षीय टिनएजरमाथि गोली प्रहार भएको प्रहरीले शनिबार बताएको छ । ती किशोर साउथ ओजन पार्कको लिंकन सेन्ट र १३५ औं सेन्ट नजिकै फ्रेडरिक बी जज प्लेग्राउन्डमा शुक्रबार राति ९ बजेतिर बास्केटबल खेलिरहेका थिए।

उनको किशोरहरूको अर्को समूहसँग विवाद भएपछि गोली हानिएको थियो । स्कुटरमा सवार हुनसक्ने उनका एक प्रतिद्वन्द्वीले बन्दुक निकालेर पेटमा गोली हानेको प्रहरीले जनाएको छ । आकस्मिक चिकित्सा प्राविधिकहरूले किशोरलाई जमैका अस्पतालमा लगेका थिए जहाँ उनी बाँच्ने आशा गरिएको छ ।

करिब तीन राउण्ड फायर गरिएको थियो । गोली हान्ने व्यक्ति १५ वर्षको थियो भने उसले सर्जिकल मास्क लगाएको वा अर्को तरिकाले अनुहार छोपेको एक प्रत्यक्षदर्शीले प्रहरीलाई बताए । दुई दिनमा न्युयोर्क सिटीमा १८ वर्ष मुनिका व्यक्तिलाई गोली हानिएको यो दोस्रो पटक हो।

NYPD white and blue NYPD SUV

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार राति सिटी बसबाट ओर्लने क्रममा युवाहरुको समुह र ड्युटीमा नभएका सुरक्षा गार्डबीच झडप हुँदा १६ वर्षीया युवतीलाई गोली लागेको थियो । ती किशोरी राति १२ बजे पूर्वी फ्ल्याटबसको लेनोक्स रोड र युटिका एभिन्यु नजिकै हिड्दै थिइन्। हतियारधारी संदिग्धहरूबाट भाग्न खोज्दा २९ वर्षीय सुरक्षा गार्डको खुट्टामा गोली लागेको थियो ।

गोलीकाण्डका पीडितहरू यस वर्ष कम उमेरका रहेको प्रहरीले जनाएको छ । जुलाईको सुरुसम्ममा न्युयोर्क सिटीमा गोली प्रहार भएकामध्ये ६२ जना १८ वर्ष मुनिका थिए । गोलीकाण्डको आरोपमा पक्राउ १४ प्रतिशत १८ वर्ष भन्दा कम उमेरका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com