नेपाल-चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भ्रमणका क्रममा दुई देशबीच नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने र पेट्रोलियम तथा ग्यासको सम्भाव्यता अध्ययन लगायतका तीनवटा सम्झौता भएका छन्।

मंगलवार हस्ताक्षर गरिएको द्वीपक्षीय सम्झौतालाई नेपाली अधिकारीहरुले निकै महत्त्वपूर्ण ठानेका छन्।

दुई वर्षअघिको विनाशकारी भूकम्पपछि बन्द चीनसँगको प्रमुख नाका तातोपानी छिट्टै खुलाउने आश्वासन पनि चीनबाट पाएको अधिकारीहरुले बताएका छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको टोलीसँग मंगलवार बिहान काठमाण्डूमा भएको वार्तापछि ती सम्झौतामा हस्ताक्षर भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बृहत्

वैदेशिक लगानी भित्र्याउन भइरहेका प्रयासका बीच चिनियाँ लगानी नेपालमा भित्र्याउने विषयमा गरिएको सम्झौता निकै महत्त्वपूर्ण भएको नेपाली अधिकारीहरुले बताएका छन्।

नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले यातायात, सञ्चार, कृषि, जल विद्युत् तथा पर्यटनसहितका क्षेत्रमा चिनियाँ निजी लगानी भित्र्याउने विषय समेटिएको बृहत् प्रकृतिको सम्झौता भएको बताए।

त्यसका थप विशेषताबारे उनले भने, “विभिन्न प्रकारका उत्पादक कम्पनीहरुमा चिनियाँ लगानी आकर्षित गर्ने र ती लगानी गर्दा नेपालमा के कस्ता सेवा सुविधा छन्, चिनियाँ निजी क्षेत्रको लगानी आकर्षित गर्ने यो ठूलो किसिमको छाता सम्झौता हो।”

सम्झौता

नेपालका हिमाली, पहाडी र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ एवं ग्यास अन्वेषणमा आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने विषयमा पनि सम्झौता भएको छ।

जस अन्तर्गत चीनले नेपाललाई दुई अर्ब १० करोड नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने छ।

अनुदान

आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी भएको अर्को सम्झौता अन्तर्गत भूकम्प तथा बाढीले क्षतिग्रस्त रसुवागढी नाकाका दुईवटा पुल र अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीनले करिब सवा १५ अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने अर्थ सचिव सुवेदीले बताए।

नेपालले निकै प्राथकिमताका साथ उठाउँदै आएको तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा द्वीपक्षीय छलफलबारे अर्थ सचिव सुवेदीले भने, “चिनियाँ पक्षबाट यसमा सकारात्मक सैद्धान्तिक किसिमको जवाफ प्राप्त भएको छ। उक्त नाका छिट्टै सञ्चालनमा आउनेमा हामी विश्वस्त छौँ।”

चीनसँग गरिएका सम्झौताहरु महत्त्वपूर्ण भएपनि नेपालले तिनको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने खाँचो रहेको देखिन्छ।

विगतमा चीनसँग भएका कतिपय सम्झौता कार्यान्वयमा नेपालले खासै चासो नदेखाएको चिनियाँ पक्षको गुनासो बाहिर आएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com