प्रधानमन्त्री दाहाल आज साँझ इटालीतर्फ जाँदै
प्रकाशित मिति : श्रावण ६, २०८० शनिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जादैँ हुनुहुन्छ । यही साउन ८ गतेदेखि २ दिनसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री इटाली जान लाग्नु भएको हो ।
राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज साँझ त्यस तर्फ जाने कार्यक्रम छ । प्रधानमन्त्रीको साथमा कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसालसहित १३ जनाको टोली इटाली जाने भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु पनि भ्रमण दलमा सहभागी छन् ।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्छ । साथै मंगलबार प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणाली परिवर्तनबारे पनि अध्यक्ष राष्ट्रको हैसियतमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिलायले जानकारी दिएको छ ।








