सन् २०२३ मा बस्न र काम गर्नका लागि अमेरिकाका १० सबैभन्दा खराब राज्यहरू


प्रकाशित मिति : असार २९, २०८० शुक्रबार

city skyline during night time

प्रत्येक वर्ष राज्यको व्यापारिक वातावरणको समग्र मूल्याङ्कनको एक भागको रूपमा सीएनबीसीले बस्न र काम गर्नका लागि अमेरिकाका राम्रा र खराब राज्यहरुको सुची प्रकाशित गर्दै आएको छ । अध्ययनका लागि विभिन्न दश श्रेणीहरुमध्ये जीवन, स्वास्थ्य र समावेशीकरणका श्रेणीहरु मुख्य रहेका छन् । अपराध दर, वातावरणीय गुणस्तर र स्वास्थ्य हेरचाह सहित जीवनको धेरै गुणस्तर कारकहरू समेत विचार गरिएको छ । बाल हेरचाहको गुणस्तर र उपलब्धतालाई पनि मानकका रुपमा हेरिएको छ ।

सुचीमा सबैभन्दा खराबको पहिलो नम्बरमा टेक्सास रहेको छ । टेक्सासमा स्वास्थ्य बीमा बिनाको राष्ट्रको उच्च प्रतिशत जनसंख्या रहेको छ । त्यस्तै प्रति व्यक्ति प्राथमिक हेरचाह चिकित्सकहरू पनि दोस्रो सबैभन्दा कम संख्यामा रहेका छन् । अमेरिकाभरमा टेक्सासमा तेह्रौं उच्चतम हिंसात्मक अपराध दर रहेको छ । त्यस्तै प्रति व्यक्ति इजाजतपत्र प्राप्त बाल हेरचाह सुविधाहरूको लागि ३७ औं स्थानमा छ।

लैगिक तथा यौनिक अल्पसंख्यकका लागि कानुन, मतदान अधिकार, र राष्ट्रको सबैभन्दा कडा गर्भपतन प्रतिबन्ध लगायतलाई पनि मानक मानिएको छ । टेक्सासमा प्रशस्त आर्थिक अवसरहरू छन् । यसले टाढा टाढाबाट मानिसहरूलाई आकर्षित गरिरहेको छ। तर जीवन, स्वास्थ्य र समावेशीताको कुरा आउँदा धेरै समस्याहरु छन् । जीवन, स्वास्थ्य र समावेशीतामा ३५० मध्ये ५३ प्वाइन्ट पाएको छ ।

eagle eye view time lapse city and streets
Photo by Gerson Repreza

दोश्रो सबैभन्दा खराबमा ओक्लाहोमा रहेको छ । ओक्लाहोमामा समग्र स्वास्थ्य ठीक छैन । लागुऔषध दुरुपयोग राष्ट्रको उच्च दरहरू मध्ये एकमा छ । र स्वास्थ्य बीमा नभएका मानिसहरूको दोस्रो उच्च दर रहेो छ । । गर्भपतन प्रतिबन्ध राष्ट्रको सबैभन्दा कडा मध्येमा रहेको छ । आमाको जीवन बचाउन आवश्यक परेको अवस्थामा बाहेक कानुनले गर्भपतन गराउनेलाई पाँच वर्षसम्म कैद सजाय हुने गरी कार्यविधि बनाइएको छ। ओक्लाहोमाले जीवन, स्वास्थ्य र समावेशीतामा ७५ प्वाइन्ट पाएको छ । यद्यपी हावाको गुणस्तर भने राम्रो रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै जीवन, स्वास्थ्य र समावेशीतामा ७६ प्वाइन्टका साथ लुजियाना तेश्रो खराब राज्यमा सुचिकृत भएको छ भने ८६ प्वाइन्टका साथ अलाबामा र साउथ क्यारोलाइना चौथो स्थानमा छन् । ९८ प्वाइन्टका साथ मिजौरी छैठौंमा, ११३ प्वाइन्टका साथ इन्डियाना सातौंमा र ११५ प्वाइन्टका साथ टेनेसी आठौं नम्बरमा रहेका छन् । ११८ प्वाइन्टका साथ अर्कान्सास नवौं स्थानमा रहेको छ भने १२९ प्वाइन्टका साथ फ्लोरिडा खराब राज्यको सुचीमा दशौं स्थानमा परेको छ । इन्डियाना र लुजियानाबाहेक टपटेनमा पर्ने सबै राज्यको सवल पक्ष हावाको गुणस्तर रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com