थ्रेड्स सुरु भएको ५ दिनमा १०० मिलियन साइनअप, जुकरबर्ग नै आश्चर्यचकित, ट्वीटरलाई चुनौति


प्रकाशित मिति : असार २५, २०८० सोमबार

मेटाको ट्विटर प्रतिद्वन्द्वी थ्रेड्स सुरु भएको ५ दिनमा १०० मिलियन भन्दा धेरै प्रयोगकर्ताहरुले साइनअप गरेको सीईओ मार्क जुकरबर्गले जनाएका छन् । त्यो प्रायः अर्गानिक माग रहेको र अझै धेरै प्रमोशनहरू नखोलेको उनले बताएका छन् । पाँचदिनमा यति धैरेले साइनअप गरेको आफूले विश्वास गर्न नसकेको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन् ।

यो एप अब युरोपमा बाहेक विश्वव्यापी रूपमा उपलब्ध छ । अहिले यो एप सामाजिक सञ्जालका एपहरुमध्ये एप स्टोरमा नम्बर वान ट्रेन्डिङमा रहेको छ । यो एप हाल नेपाल सहित १०० वटा देशमा डाउनलोडका लागि उपलब्ध छ। यो एप अब अमेरिकामा सबैभन्दा धेरै प्रयोग हुने सोशल मिडिया प्लेटफर्महरू मध्ये एक भएको छ, जुन मे महिनामा अमेरिकामा १०२ मिलियन सकृय प्रयोगकर्ता रहेको टिकटकसँग समेत प्रतिस्पर्धामा उत्रिएको छ ।

थ्रेड्सको लोकप्रियताले अमेरिकामा मे महिनामा ५६ मिलियन सकृय प्रयोगकर्ता भएको ट्वीटरलाई भने चुनौति थपिएको छ । थ्रेड्सले इन्स्टाग्रामसँग यसको एकीकरणबाट फाइदा उठाएको छ । इन्स्टाग्रामको मे मा झण्डै १३५ मिलियन सक्रिय अमेरिकी प्रयोगकर्ताहरू थिए। प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम खाता लिङ्क गरेर थ्रेडस खाताको लागि साइन अप गर्न सहज भएको छ ।

युरोपियन युनियन डेटा गोपनीयता नियमहरूको कारणले गर्दा अझै पनि युरोपमा उपलब्ध नभए पनि थ्रेड्सले कुनै पनि अन्य एप भन्दा छिटो धेरै प्रयोगकर्ताहरू जम्मा गरेको छ । च्याट जीपीटीलाई यति धेरै प्रयोगकर्ता प्राप्त गर्न २ महिना लागेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थ्रेड्सको साथ मेटाले ट्विटर र मास्टोडन जस्ता विकल्पहरू लिइरहेको छ। यो इन्स्टाग्रामका सीईओ एडम मोसेरीको कार्यक्षेत्र अन्तर्गत रहेको छ । थ्रेड्स बलियो रूपमा इन्स्टाग्राममा बाँधिएको छ र एउटै प्लेटफर्ममा बनाइएको छ । यो छुट्टै एप भए पनि प्रयोगकर्ताहरूले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन्। यसले खाता खोल्दा उनीहरूले इन्स्ट्राग्राममा प्रयोग गरिरहेकै युजरनेम कायम रहन्छ तर थ्रेड्स्‌का लागि प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा रहने आफ्नो विवरण परिवर्तन पनि गर्न सक्छन्।

मेटाका अनुसार उनीहरूले इन्स्टाग्राममा फलो गरिरहेको मानिसहरूलाई थ्रेड्स्‌मा कायम राख्ने विकल्प पनि दिइन्छ। यसमा प्रयोगकर्ताहरूले ५०० अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् र अरू धेरै विशेषताहरू पनि ट्विटरसँग मिल्दाजुल्दा छन्।

साइट प्रारम्भिक रुपमा समस्यारहित छैन । सबैभन्दा ठूलो गुनासो भनेको थ्रेड्स एल्गोरिथ्मले प्रयोगकर्ताहरुलाई अप्रासंगिक पोष्टहरु देखाइरहेको छ । यसमा फेसबुक र इन्स्टाग्राममा जस्तो पोस्ट सम्पादन गर्न पाइदैन । त्यस्तै यसमा ह्यासट्याग पनि छैन । तर पछि थपिने जनाइएको छ ।

धेरै प्रयोगकर्ताहरूको लागि अर्को मुख्य समस्या थ्रेडसको वेब संस्करणको कमी हो। इन्स्टाग्राम लामो समयको लागि वेब संस्करणमा थिएन । भेरिफिकेशन अर्को मुख्य केन्द्रमा रहेको छ । एलोन मस्कले ट्विटरको प्रणाली परिवर्तन गरेपछि धेरै प्रयोगकर्ताहरूका लागि अनुभवलाई कम रमाइलो बनायो । किनकि आधिकारिक खेलाडी, सेलिब्रेटी, पत्रकार, चिन्नलाई गाह्रो भयो। अहिलेसम्म केवल इन्स्टाग्राममा भेरिफाइड प्रयोगकर्ताहरूले थ्रेडसमा निलो ब्याज प्राप्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com