न्युयोर्कको म्यानहटनमा ट्रेनको ठक्करबाट २ जनाको मृत्यु
प्रकाशित मिति : असार २५, २०८० सोमबार
न्युयोर्कको म्यानहटनमा सोमबार चलिरहेको सबवे ट्रेनको अगाडि हाम फालेर दुई पुरुषको मृत्यु भएको छ । दुई छुट्टाछुट्टै घटनाहरूमा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिलो घटना अपर ईस्ट साइडको ईस्ट ८६ औं स्ट्रीट स्टेशनमा भएको हो । त्यहाँ एक ४७ वर्षीय पुरुष बिहान ८ बजेर १० मिनेटमा डाउनटाउन जाँदै गरेको नम्बर ६ ट्रेनको अगाडि हामफालेका थिए । उनलाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो । घटनाले प्रहरीले अपराधको आंशका गरेको छैन ।

त्यसको दुई घन्टा पछि बिहान १० बजे एक २२ वर्षीय पुरुषले अपर वेस्ट साइडको वेस्ट ७२ औं स्ट्रीट स्टेशनमा डाउनटाउन जाँदै गरेको २ नम्बर ट्रेनको अगाडि हाम फालेका थिए । ट्रेनले ठक्करबाट उनको मृत्यु भउको प्रहरीले जनाएको छ । उनलाई सेन्ट ल्यूक अस्पतालमा लगेपछि मृत घोषित गरिएको थियो ।
प्रहरीले यो घटनामा पनि कसैको गल्ती भएको आशंका गरेको छैन ।








