किम जोङ-उनद्वारा गुआम हमलाबारे छलफल


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशका नेता किम जोङ-उनलाई प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र हमला गर्ने योजनाबारे त्यहाँको सेनाले जानकारी दिएको जनाएको छ।

प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले सशस्त्र फौजहरु तम्त्यार अवस्थामा रहेको पनि उल्लेख गरेको छ।

तर उसले अमेरिकी गतिविधिहरु हेरेर मात्रै राष्ट्रपति किम जोङ उनले क्षेप्यास्त्र हमलाको आदेश दिने बताएको छ।

यसअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको कुनै पनि हमलाले तत्कालै युद्धको स्वरुप ग्रहण गर्ने चेतावनी दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योजना

प्योङयाङले मध्य अगष्टको समयसीमा भित्र गुआममा आक्रमण गर्ने योजना तयार गरी त्यसलाई आफ्ना नेता किम जोङ-उनसमक्ष प्रस्तुत गर्ने निर्णयको पालना गरेको देखिन्छ।

गुआम

सरकारी समाचार संस्था केसीएनएले उत्तर कोरियाली नेता किमले उच्च सैनिक अधिकारीसँग उक्त विषयमा छलफल गरेको जनाएको छ।

अझ केही समय अमेरिकी गतिविधिको निगरानी गरेर मात्रै गुआममा हमला गर्ने आदेश दिने निर्णय भएको उक्त समाचारमा उल्लेख छ।

अघिल्लो हप्ता उत्तर कोरियाविरुद्ध राष्ट्रपति डोनल्ड ट्रम्पले कडा अभिव्यक्ति दिएपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका थिए।

युद्ध

ट्रम्प

तर सोमबार उनले प्योङयाङले अमेरिकामाथि आक्रमण गरे युद्ध सुरु हुने चेतावनी दिएका छन्।

अघिल्लो साता ट्रम्पले अमेरिकालाई धम्की दिइरहे त्यसको जवाफ उत्तर कोरियाले ‘विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउने’ चेतावनी दिएका थिए।

मंगलबार उत्तर र दक्षिण कोरियामा स्वतन्त्रता दिवस मनाइदैँछ र प्योङयाङबाट थप कडा टिप्पणी आउनसक्ने ठानिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अवस्था सामान्य बनाउने प्रयास गरिरहेका छन्।

उनले कोरियाली प्रायद्वीपमा अर्को युद्ध आफूले नचाहेको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com