सन् २०१५ मा किशोरावस्थामा हराएका टेक्सासका एक व्यक्ति ८ बर्षपछि जीवितै फेला


प्रकाशित मिति : असार १९, २०८० मंगलबार

सन् २०१५ मा किशोरावस्थामा हराएका टेक्सासका एक व्यक्ति ८ बर्षपछि जीवितै फेला परेको उनको परिवार र प्रहरीले जनाएको छ । अन्तिम पटक उनी ह्युस्टनमा आफ्नो कुकुरलाई हिडाइरहेको देखिएपछि बेपत्ता भएका थिए ।

पुलिस र फायर फाइटरहरूले रुडोल्फ रुडी फरियास पाँचौंलाई राति १० बजे फेला पारेका हुन् । बिहीबार दक्षिणपूर्वी ह्युस्टनको एउटा चर्चको अगाडि जमिनमा लडिरहेको व्यक्तिको फोन आएपछि घटनास्थलमा प्रहरी पुग्दा उनलाई फेला पारेको हो ।

फरियास पछिल्लो आठ वर्ष कहाँ थिए भन्ने तुरुन्तै थाहा हुन सकेको छैन । अस्पतालमा भर्ना भएका २५ वर्षीय फारियाससँग प्रहरी अनुसन्धानकर्ताहरूले अहिलेसम्म कुरा गरेका छैनन्।

एक राम्रो व्यक्तिले उनलाई अचेत अवस्थामा फेला पारेर तुरुन्तै प्रहरीमा खबर गरेकाले उनलाई उद्दार गर्न सकिएको उनकी आमा जेनी सान्तानाले बताएकी छिन् । छोरा रुडीले आफ्नो आघात हटाउन आवश्यक हेरचाह प्राप्त गरिरहेको तर यस समयमा उनी नबोलिरहेको तथा कसैसँग कुराकानी गर्न नसकेको आमाको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक ट्वीटमा ह्युस्टन पुलिसले बुधवार फारियास र उनको परिवारसँग कुरा गर्ने योजना बनाएको बताएको छ । फरियास फेला परेको खबर पहिलो पटक शनिबार टेक्सास सेन्टर फर द मिसिङले ट्विट गरेको थियो, जसले फरियासको परिवारको तर्फबाट सार्वजनिक सञ्चारलाई सम्हालिरहेको थियो।

फरियास सन् २०१५ को मार्च ६ मा हराउँदा १७ वर्षका थिए । उत्तरपूर्वी ह्युस्टनमा घर नजिकै हिँड्नका लागि आफ्ना दुई कुकुरहरू लिएर गएपछि उनी बेपत्ता भएका थिए। कुकुरहरू पछि फेला परेका थिए।

ह्युस्टन पुलिस, टेक्सास इक्वेसर्च, एक नागरिक खोज र रिकभरी टोलीले फारियासलाई खोजेपनि उनको कुनै संकेत फेला पार्न सकेको थिएन । फारियास बेपत्ता हुँदा उनी डिप्रेसन र चिन्ताबाट पीडित रहेको समाचार आएको थियो । उनले आफ्नो औषधि नखाएको कारण विचलित भएको हुन सक्ने जनाइएको थियो । फरियासलाई दमको रोग पनि थियो र दाहिने खुट्टामा चोट लागेको कारण अलिकति खोच्याएर हिँड्थे ।

आमाका अनुसार उनी अपरिचितहरूका बारेमा धेरै सावधान थिए । फारियासको परिवारले सन् २०१८ को सेप्टेम्बरमा उनी आफन्तको घर पछाडि बसेको देखेको प्रहरीलाई रिपोर्ट गरेका थिए । प्रहरी अन्वेषकहरू सन् २०१८ मा उनका आफन्तको घर गए पनि उनलाई फेला पार्न भने सकेनन्।

प्रहरीले फारियास फेला पार्न नसकेका कारण बेपत्ता व्यक्तिको मुद्दाको रूपमा अनुसन्धान खुला रहेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com