भेनेजुएला संकटको “सैन्य” समाधान


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको संकट समाधान गर्न सैन्य उपाय एक रहेको बताएका छन्।

न्यू योर्कमा एकजना संवाददाताको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “अमेरिकाको सेना संसारभर छ, भेनेजुएला त्यति टाढा छैन।”

उनले भने, “भेनेजुएलामा मानिसहरु दुख पाइरहेका छन् र मारिइरहेका छन्। अमेरिकासँग समाधानका धेरै उपाय छन् त्यसमध्ये एक सैन्य उपाय पनि हो।”

भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले राष्ट्रपति ट्रम्पको भनाइलाई “पागलपनको उपज” भने।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

आलोचना

राष्ट्रपति निकोलस मडुरोले बनाएको नयाँ संविधान सभालाई गैर प्रजातान्त्रिक भन्दै व्यापक आलोचना हुने गरेको छ।

अमेरिकाले हालै राष्ट्रपति मडुरोलाई अधिनायकवादी भन्दै विभिन्न प्रतिबन्ध लगाएको थियो।

ह्वाइट हाउसले पछि अमेरिकी राष्ट्रपतिसँग मडुरोले फोनवार्ता गर्न चाहेको बताएको थियो।

त्यसमा ट्रम्पको जवाफबारे ह्वाइट हाउसले भनेको छ, ट्रम्पले भेनेजुएलामा प्रजातन्त्र स्थापना भएपछि मात्रै आफ्ना भेनेजुयाली समकक्षीसँग खुशीसाथ कुराकानी गर्ने बताएका छन्।

यसैबीच भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले यो महिनाको शुरुमा सैन्य अखडामा भएको आक्रमणका नाइके गिरफ्तार भएको बताएका छन्।

जनरल प्याड्रिनोले गिरफ्तार गरिएका व्यक्ति पूर्व नेशनल गार्ड क्याप्टेन उआन कागुवारिप्यानो र लेफ्टिनेन्ट जेफरसन गार्सिया रहेको बताए।

रक्षामन्त्रीले उनीहरुलाई कडा सजाय दिने बताए।

सैन्य कार्यालयमा आक्रमण भएका दिन कागुवारिप्यानोले भिडिओ मार्फत राष्ट्रपति निकोलास मडुरो विरुद्ध आन्दोलन गर्न आग्रह गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com