रियल स्टेट ब्यबसाय तथा सामाजिक सेवामा जम्दै खतिवडा


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

सपना देख्नेहरु धेरै भएता पनि सपनालाई पछ्याउन बिरलै सफलभएको भेटिन्छ । अझै सपनाको शहर भनेर चिनिने अमेरिकामा बस्दै आएकाहरुसँग सपना नहुने कुरै भएन । तर सपना सजिलै विपनामा परिणत नहुने भन्छन्, घनश्याम (दिपक) खतिवडा ।

सन् २०११ को आन्त्यतिर केहि थान सपनासँगै अमेरिका हानिएका खतिवडा ब्यस्त जीवनशैलीमा रमाएकै देखिन्छन् । अमेरिका पाइला टेक्नु पूर्व स्वदेशमै सानो ठूलो बन्द व्यापार गरि सकेका उनका लागि अमेरिका आई पुग्नु एक नौलो अवसर अनि चुनौती दुवै थियो । अमेरिका पुग्नु पूर्व आम मानिस झै उनलाई पनि साँच्चीकै सपनाको शहर लागेको बताए ।

हुन पनि उनले कल्पना गरेझै उनका लागि अमेरिका एक साच्चैको अवसर भूमी बन्न पुग्यो । सेल ग्यासटेशन (Shell) बाट क्यासियरको काम शुरु गरेका खतिवडा छोटै समयमा कनेक्टिकट राज्यमा एक रियल स्टेट बिजनेसम्यानका साथै समाजसेवीको समेत पहिचान बनाई सकेका छन् । अहिलेको यो अवस्थामाभने सहजै नआई पुगेको उनको अनुभव छ । शुरुवाततामा निकै संघर्षका दिनहरु बिताएको सम्झदै कुनै पनि सफलताको पछाडि कडा मेहेनत र इमानदारिता नै महत्वपूर्ण हुने उनको बुझाई छ । कडा परिश्रम र इमानदारिता नभएको भए म यो स्थानमा आई पुग्ने थिईन, उनले बताए ।

क्यासियरबाट सहायक मेनेजर अनी म्यनाजर र त्यसपछि एकै पटक आधा दर्जन जसो ग्यास्स्टेशन तथा कन्भिनीएन्स स्टेसन मेनेजरको जिम्मेवारी उनेको काधँमा आई पर्यो । उनले ती सबै जिम्मेवारीलाई कामको रुपमा नभई बरु अवसरको रुपमा ग्रहण गरेको सुनाए । काम गर्दै जाँदा आफ्नो पहिचान स्थापित गर्दै अमेरिकी बिजनेसम्यानहरुसँग एक खालको सम्बन्ध बढाउँदै लगे र गत वर्षदेखि रियल स्टेट क्षेत्रमा खुलेर लागि परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा आफ्नै कम्पनी सिटि होम सोलुशन बाट रियल स्टेटमा इन्भेस्टर गरी हाउस फ्लिपिंगको कारोबार गर्दै आएका खतिवडा ले अहिले लाइसेन्स प्राप्त गरि एक रियल स्टेट व्यवसाई (REALTOR®) को रुपमा समेत काम सुरुगरी आफ्नो ब्याबसाय आझ फराकिलो बनाउदै लागेका छन् । कनेक्टिकट राज्यमात्र नभई बिश्वोकै एक उत्क्रिस्ट रियल स्टेट कम्पनी केलर विलियमस् (KW Realty) नामक कम्पनीसँग आवद्धरही एक रिटेलर व्यवसायी (REALTOR®) को रुपमा काम सुरुगरिसकेका छन् । यस कम्पनी मार्फत घर जग्गा क्षेत्रमा लगानी तथा किनेबेच साथै, लीज तथा रेन्ट कारोबार सेवा समेत प्रदान गरिने उनले बताए ।

उनको सेवा प्रतक्ष्यरुपमा एस कनेक्टिकट राज्यभित्र सिमित सहेपनी अमेरिकाभर तथा अन्तरास्ट्रियमा समेत रेफरल सेवा प्रदान गर्न सक्ने उनले बताए । रियल स्टेट व्यवसायमा पाइला चाल्नु सहजै सम्भव भने भएको होइन, लामो तयारीबाट रियल स्टेट लाइसेन्स परिक्षा पास गरी राज्यबाट उक्त अनुमति पत्र (लाईसेन्स) पाई सकेपछि मात्रै कानुनीरुपमा एक रियल स्टेट व्यवसायी (REALTOR®) को रुपमा उभिएको उनले बताए ।

आफुले यस क्षेत्रमा लागेर बिशेसगरि घर किन्न तथा बेच्न चाहने नेपालीहरुलाई आफ्नै मातृभाषा मा गुणस्तरीय सेवादिई सहयोग गर्न पायको मा गौरवान्वित भएको उनले बताए । रियल स्टेट व्यवसाय अमेरिकामा निकै प्रख्यात भयतापनी बिरलैमात्र नेपालीहरु एस छेत्रमा लागेको पाइयको तर आफुले इच्छुक नेपाली हरुलाई एस छेत्रमा आउन प्रोत्साहन गर्दै आवस्यक सहयोग समेत गर्ने उनले बताए। झण्डै दुइ हजार भन्दा बढी नेपाली बासी तथा भासी रहेको यस कनेक्टिकट राज्यमा खतिवडा एक उदयमान रियल स्टेट व्यवसाई (REALTOR®) संगै एक प्रतिष्ठत समाजसेवीका रुपमा पनि स्थापित हुदैछन् ।

यहाँस्थित नेपाली संस्था नेप्लीज एसोसिएन अफ कनेक्टिकट (NAConn) का विभिन्न सामाजिक कार्यमा होस् वा नेपालीहरुको जागिर तथा अन्य भैपरी आउने समस्यामा सधै यथासक्य सहयोग गर्दै आएका छन् । सबै गैरनेपाली तथा नेपाली भासिलाई सामान ब्यबहार र सम्मान गर्ने, चिरपरिचित, इमान्दार, तथा कुसल व्यक्ति भएकाले आगामी एनआरएनए, एनसिसि, यूएसए को निर्वाचनमा कनेक्टिकट च्याप्टरबाट उनलाई राज्य अध्यछको प्रत्यासी उम्मेदारको रुपमा प्रस्तुत गरिएको छ । सबैको साथ र आवसर पाए समाजका लागि धेरै काम गर्न सक्ने सोँचका साथ कनेक्टिकट राज्यबाट अधेक्ष्यपदमा उम्मेदारी दिएको बताउदै आफु सफलहुने मा पूर्ण आशाबादी रहेको समेत बिश्वास ब्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com