अगस्त ११ र १२ मा नहुने भयो एनआरएन अमेरिकाको चुनाव


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

आगामी अगस्त ११ र १२ मा हुने भनिएको एनआरएन अमेरिकाको चुनाव अब सोही मितिमा नहुने भएको छ । अमेरिकाको टेनिसीमा रहेको अदालतले अगस्त ११ र १२ मा चुनाव नगर्न निरोधक र निषेधात्मक आदेश जारी गरेको छ ।

अध्यक्षमा आफ्नो उम्मेदवारी कायम हुनुपर्ने भन्दै गौरी जोशीले निरोधक आदेशको माग गर्दै अदालतमा आवेदन दिएका थिए । जोशीको आवेदनका पक्षमा फैसला गर्दै अदालतले निरोधक आदेश जारी गरेको हो ।

अदालतले जोशीको उम्मेदवारी कायम गरेर निर्वाचनको नयाँ मिति तोक्न भने एनआरएन अमेरिकालाई बाटो खोलिदिएको छ । अध्यक्षका दाबेदार गौरी जोशी र महासचिवका दाबेदार पूर्ण चन्द्र बानियाको उम्मेदवारी सदर हुनुपर्ने माग गर्दै अदालतमा दर्ता गरिएको आवेदन उपर अदालतले चुनावी प्रकृया स्थगित गर्न आदेश दिएको हो । हिजो जोशी र बानियाका तर्फबाट दिइएको आवेदनमा अदालतले आज फैसला गरेको हो ।

यदि अनुरोध आएमा यो विषयमा थप सुनुवाई तोकिन सकिने अदालतले जनाएको छ । अदालतबाट अर्को आदेश जारी नहुँदासम्मको लागि यो आदेश लागु हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com