धार्मिक पर्यटकीयस्थल खप्तडमा ‘हेली टुर’ सञ्चालन


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो ।

समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो ।

आजदेखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो । धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताउनुभयो ।साथै डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरूले प्रतिव्यक्ति रु १० हजारसम्म शुल्क तोकिएको खड्काले बताउनुभयो ।

खड्काले हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’ आजदेखि १२ गतेसम्म रहनेछ । पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पु¥याउने योजना रहेको खड्काले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन् । केदार ढुङ्गा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गी रहेका छन् ।

भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान पनि रहेको छ । पछिल्लो समय भूस्वर्गका रुपमा चिनिने खप्तड दिनानु दिन पर्यटको रोजाइ बन्दै गएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com