नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ को नतिजा प्रकाशन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन् । आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

गत वर्षको माघमा प्रकाशित जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । त्यसबेला प्रारम्भिक तथ्यांक प्रकाशन गरिएको र अहिलेको नतिजा अन्तिम भएकोले यो नै आधिकारिक भएको कार्यालयको भनाइ छ।

आज प्रकाशति तथ्यांकअनुसार नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ५७ हजार ४७६ जना बढी छ। महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना रहेको छ । जस अनुसारको महिलाको प्रतिशत ५१.०२ र पुरुषको ४८.९८ रहेको छ । अन्यलिंगीको जनसंख्या ०.०१ प्रतिशत रहेको तथ्यांककार्यालयले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजामा उल्लेख गरिएको छ।

नेपालको जनसंख्या वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम देखिएको छ। २०६८ सालको जनगणनामा १.३ प्रतिशत रहेको जनसंख्या वृद्धिदर घटेर अहिले ०.९२ प्रतिशत रहेको छ । जसअनुसार सबभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर हो । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत छ भने सबैभन्दा कम वृद्धिदर भएको जिल्ला रामेछाप हो । जहाँको जनसंख्या वृद्धिदर १.६७ रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालीन केन्द्रीय तथ्यांक विभागले २०७८ कातिक २५ देखि मंसीर ९ गतेसम्म १२औं जनगणना सम्पन्न गरेको थियो । २०७८ साल जेठ २५ देखि असार ९ गतेसम्म जनगणना गर्ने पूर्व निर्धारित कार्यक्रमकोरोनाकाकारण स्थगितभएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com