झोलुङ्गे पुलले गाउँमा ल्याएको खुशी


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

कैलालीको दुर्गम मानिने कैलारी गाउँपालिका–७ हौसलपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । मोहनामा पुल नहुँदा हौसलपुरवासी सरकारी कामकाज गर्नका लागि बर्खायाममा डुङ्गाबाट र हिउँदमा काठको पुलबाट नदी वारपार गर्थे । पुल नहुँदा हौसलपुरमा रहेका नागरिकको जीवनयापन कष्टपूर्ण थियो ।

वडा कार्यालय नदीवारी बस्ती पारि हुँदा स्थानीयवासीलाई ज्यादै नै समस्या थियो । हौसलपुर मोहनापारिको भारतको सिमानासँग जोडिएको भाग हो । पटक–पटक हारगुहारपछि यसपटक पुल निर्माण भएको हौसलपुरकी राजमती चौधरीले बताउनुभयो । “नेपालबाट केही सामग्री लिन खोज्दा धेरै नै जोखिम मोल्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब धेरै नै सहज भएको छ ।” मोहना नदीमा पुल निर्माण भएपछि छोराछोरीलाई भारतीय शिक्षा पढाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले सुनाउनुभयो । पुल नहुँदा यहाँका नागरिक आफ्ना छोराछोरीलाई भारतीय विद्यालयमा पढाउने गर्थे ।

लगभग २९ घरपरिवारको बसोबास रहेको यस गाउँमा जनसङ्ख्या दुई सय ५० छ । त्यहाँका नागरिकसँग आफूले प्रयोग गरेको जमिनको लालपुर्जा छैन । हौसलपुरमा नेता भोट माग्नका लागि कहिलेकाहीँ जाने गरेको गुनासो स्थानीयवासीले गर्दै आएका थिए । नेपाल–भारत सीमा साँध स्पष्ट नदेखिने ठाउँमा हौसलपुर गाउँवासी जङ्गे पिल्लरको रूपमा बसोबास गरेका छन् । भारतीय सुरक्षाकर्मीको ज्यादती सहेर उनीहरूले आफ्नो देशको भूमि रक्षा गर्दै आएका छन् ।

पुल निर्माण कार्य सम्पन्न भएसँगै एकसाता अघिदेखि स्थानीयवासी झोलुङ्गे पुल भएर ओहोरदोहोर गरिरहेका गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले बताउनुभयो । “पुल नहुँदा मोहनापारिको बस्तीमा ओहोरदोहोर गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “अब जनप्रतिनिधिलाई पनि जनताका समस्या बुझ्न सहज भयो । यसअघि जान मन हुँदाहँुदै पनि पुल नहुँदा जान नसकिने अवस्था थियो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुल निर्माण भएपछि हौसलपुर गाउँका स्थानीयवासीलाई मात्रै नभई भुइयाँफाँटा, रामपुर, तिघरी, वसन्ता, रतनपुरलगायत स्थानीयवासीलाई पनि ओहोरदोहोर गर्न सहज भएको छ । पुल निर्माण भएपछि आफूले चाहेको समयमा नेपालकै भूभागमा आएर मन लागेको सामग्री किन्न सक्ने वातावरण भएको स्थानीय राजकुमार चौधरीले बताउनुभयो ।

“भारतको सीमासँग जोडिएको मोहनापारिको हौसलपुर क्षेत्रमा मोहनामा पुल नहुँदा आफूलाई चाहेको सामग्री किन्न सकेका थिएनौँ”, खुसी हुँदै उहाँले भन्नुभयो, “अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ । यो हाम्रा लागि गौरवको विषय हो ।”

सङ्घीय सरकारको रु ७५ लाख लगानीमा मोहना नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । विसं २०७८ मङ्सिर १८ गते पुलको निर्माण कार्य सुरु गरिएको थियो । विगतमा राज्यको नजरमा नपरेको उपेक्षित, उत्पीडित हौसलपुरवासीले झोलुङ्गे पुल बनेपछि अत्यावश्यकीय सेवा सुविधा सहजरूपमा पाइरहेका छन् ।

सो गाउँको विकासका लागि कैलारी गाउँपालिकाले विशेष अनुदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विगतमा भारतमा आश्रित गाउँवासीले अहिले बिजुली बाल्न पाएका छन् । गाउँपालिकाले नेपाली भाषाको तालिम सञ्चालन गरेको थियो । त्यसपछि हौसलपुरवासीले धेरथोर नेपाली पनि बोल्न थालेका छन् । हौसलपुरका बासिन्दा खेतीपाती, पशुपालन र केहीले अन्य ठाउँमा गएर मजदुरी गर्छन् ।

नेपाल–भारत सीमा नजिकको सो गाउँमा नेपालीभन्दा भारतीय शिक्षा दीक्षा, वेशभूषा, बोली, संस्कार र मुद्रा प्रचलनमा रहेको छ । साइनो सम्बन्ध बढी उतैको गाउँ बेलापरसुवासँग हुने गरेको छ । बालबालिकाको आधारभूत शिक्षाका लागि त्यहाँका बासिन्दाले एउटा विद्यालय र मोहना नदीमा झोलुङ्गे पुलको माग गर्दै आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com