विद्यार्थी तथा युवाहरुमा विज्ञानप्रतिको रुची बढाउन विज्ञान सम्मेलनको आयोजना


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

विद्यार्थी तथा युवाहरुमा विज्ञानप्रतिको रुची र आकर्षण बढाउन विज्ञान सम्मेलनको आयोजना गरिएको छ । विज्ञानले बाँधेको वर्तमान विश्वमा विज्ञानको महत्व अझ चुलिएको भन्दै नेपाली विद्यार्थी तथा युवाहरुपमा पनि यसप्रतिको आकर्षण बढाउन यस्ता सम्मेलनहरु सहयोगी बन्ने विश्वास गरिएको छ ।

ब्रेनी क्युब अनुसन्धानद्वारा काठमाडौंमा आयोजित सम्मेलनको नाम नेपाल युवा बिज्ञान शिखर २०१७ राखिएको थियो । नेपाली विद्यार्थी तथा युवालाई विज्ञानको विकासमा प्रोत्साहित गरेर देशका उच्च विद्यालयका विद्यार्थी, युवा नागरिक वैज्ञानिकहरू र विज्ञानका नवीनतम गतिविधिहरुको संलग्नता बढाउन एउटा प्रयासकोरूपमा सम्मेलनको आयोजना गरिएको आयोजकहरुको भनाई छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दिन आयोजित सम्मेलनमा ३५ वर्ष मुनि उमेरका युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस्तै विज्ञान र प्रविधिमा रुची राख्ने १२ कक्षा अध्यनरत विद्यार्थी, विश्वविद्यालयका विद्यार्थी, गैर विश्वविद्यालयका युवाहरुलाई लक्षित गरि आयोजित सम्मेलनमा ब्रेनी क्युबका निर्देशक आकाश देओले संगठनको लक्ष्य विभिन्न देशहरूमा देशको प्रतिनिधित्व गरेर सबै भन्दा ठूलो र राम्रो अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान हब बनाउने रहेको बताउनु भयो । उहाँले नेपाली युवाहरुको विदेश पलायन तीब्र रहेको र युवाहरुलाई विज्ञानको विकासबाट नै देश भित्र रहन सक्ने वातावरण बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कम उमेरमा नै विश्व कीर्तिमान कायम गर्न सफल भारतका वैज्ञानिक तेनिथ आदिथ्यले आफ्नो अनुभव सुनाउँदै बिज्ञान र प्रविधिको अवसर ,चुनौतीहरू र सम्भावनाहरू बारे आफ्नो धारणा राखेका थिए । ब्रेनी क्युब संस्थाले युवा वैज्ञानिकहरूको कार्यको प्रचारको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com