हर्ष र त्रासदीपूर्ण सगरमाथा आरोहणको ऐतिहासिक सम्झना


प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार

उहाँले जीवनका ८९ वशन्त पार गरिसक्नुभएको छ तर उहाँले हिमाल चढ्न छाड्नुभएको छैन । अक्सिजन बिना नै सगरमाथा आरोहण गर्नुभएका अष्ट्रियाका आरोही हाबेलर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा सक्षम हुनुहुन्छ । आफ्नो यो सक्षमतालाई उहाँ ‘युवावस्थाको स्रोत’ भन्न रुचाउनुहुन्छ ।

हाबेलर र उहाँका इटालियन साथी रेनहोल्ड मेस्नरले बिना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रणलाई धेरैले असम्भव भनेर टिप्पणी गरेका थिए तर उहाँहरूले सन् १९७८ मा पूरक अक्सिजन बिना नै सगरमाथको चुचुरोमा पुगेर विश्वलाई नै चकित पारिदिनुभयो । जब उहाँहरूका पाइला सगरमाथको शिखरमा पुगे आफूमा धेरै खुशी, केही दुःख र त्रासले घर गरेको हाबेलरले पश्चिमी अष्ट्रियाको आफ्नो निवासमा एएफपीलाई भन्नुभयो ।

जीवनको नवौँ दशकमा प्रवेश गर्नुभएका हाबेलरले हिमाल आरोहणलाई निरन्तरता दिनुभएको छ । हिमाल र पहाडलाई उहाँ साथी भन्न रुचाउनुहुन्छ । हिमाल आरोहणबाट हीराका टुक्राभन्दा बहुमूल्य अनुभव आफूलाई प्राप्त भएको उहाँ बताउनुहुन्छ । जलवायु परिवर्तनले ठूलो समस्या खडा गरेकामा उहाँ चिन्तित हुनुहुन्छ । आफ्नो जन्मभूमिका आल्पस हिमाल शृङ्खला हुन् वा अन्य महादेशका हिमाल बढ्दो तापक्रमका कारण हिमाल पग्लने कुराले उहाँलाई पोल्छ ।

दिगो पर्यटनका अभियन्ता हाबेलरले हिमाल पथप्रदर्शकका रूपमा काम थाल्नुभएको थियो । उहाँका छोरो अहिले पनि आफ्नै जन्मभूमि मेरहोफेनमा स्थापना गरिएको स्की स्कूल सञ्चालन गरिरहनुभएको छ । दृढ सङ्कल्प,लगन र परिश्रमका साथ प्रयास गरेमा कुनै पनि काम असम्भव केही छैन भन्ने देखाउन तथा अरुका निम्ति अवसरका ढोका खोल्ने उहाँको चाहना थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाबेलर आफूलाई सामान्य मान्छे मान्नुहुन्छ । सगरमाथा आरोहण गरेको केही वर्षपछिसम्म आफ्नै जन्मस्थानमा समय बिताउनुभएका उहाँलाई आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहणको अभिलाषाले भने छाडेन । उहाँले अग्ला हिमालका टुप्पामा आफ्ना पाइला पु¥याउनुभयो तर उहाँका साथमा सगरमाथा आरोही मित्र मेस्नर हुनुहुन्नथ्यो ।

अहिले ७८ वर्षीय मेस्नर विश्वका १४ वटा अग्ला चुचुरा चुम्ने पहिलो व्यक्ति बन्नुभएको छ । अर्थात् उहाँले आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको सफलतापूर्वक आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । मेस्नरसँग मिलेर जे पनि गर्न सकिने हाबेलरको विश्वास छ । सगरमाथा शिखरमा उहाँले आफ्नो त्रास हटाउन र साहस भर्न गर्नुभएको सहयोगका निम्ति हाबेलरले कृतज्ञता व्यक्त गर्नुभएको छ ।

आरोही मेस्नरले आफ्ना मित्र हेबलरसम्बन्धी पछिल्लो पुस्तकमा उहाँको प्रशंसा गर्नुभएको छ । हेबलरलाई जस्तोसुकै परिस्थितिमा पनि संसारका जुनसुकै भूभागका हिमाल सहजै चढ्नसक्ने क्षमता भएको व्यक्तिका रुपमा उहाँले चित्रण गर्नुभएको छ । चौहत्तर वर्षको उमेरमा हेबलरले स्विट्जरल्याण्डको इगर पर्वत उत्तरी मोहडाबाट सफल आरोहण गरेर सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान पनि कायम गर्नुभयो । उहाँले आफ्ना पूर्वशिष्य डेभिड लामासँग उक्त हिमाल आरोहण गर्नुभएको थियो । त्यतिबेला लामाको उमेर २६ वर्ष मात्र थियो ।

क्यानडाको बान्फ राष्ट्रिय निकुञ्जमा हिमपहिरोमा परेर लामाको मृत्यु भएको थियो । लामाको निधनबाट दुःखित हेबलरका आँखा अहिले पनि रसाउँछन् । आरोही लामाले दुर्घटनामा ज्यान गुमाएपछि उहाँलाई थप सचेत बनाएको छ । यद्यपि उहाँले हिमाल आरोहणलाई जारी राख्नुभएको छ ।

थोरै उपकरण र सामग्री अनि अतिकम बाह्य सहयोगबाटै उहाँ हिमालतर्फ हिँड्नुहुन्छ । उहाँ आफूलाई सामान्य व्यक्तिका रुपमा प्रस्तुत गर्नुहुन्छ । आफूसँग सधैँ हिमाल आरोहणका निम्ति आवश्यक पर्ने आधारभूत सामग्री मात्र हुने गरेको उहाँ बताउनुहुन्छ । आफ्नो झोलामा भारीभरकम सामान राख्न उहाँलाई मन लाग्दैन ।

आफ्ना मातापिता पर्वतारोही नभए पनि संसारको छानोमा बिना अक्सिजन पुग्न सफल भएकामा हेबलर गर्व गर्नुहुन्छ । आफ्नो सफलताको श्रेय उहाँ पर्वतारोहणका पथप्रदर्शन र अन्यलाई दिनुहुन्छ । अरुको सहयोगबाट पनि उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने दृष्टान्त उहाँले प्रस्तुत गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com