युएससीआईएसको नयाँ नीतिले २१ बर्ष नाघेका कारण ग्रिनकार्ड नपाउनेको संख्या घटाउने


प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार

युएससीआईएसले हालै गरेको नीति परिवर्तनले २१ बर्ष पुगेका कारण बाबुआमासँगै ग्रीन कार्ड नपाउनेहरुको संख्या घटाउने अपेक्षा गरिएको छ ।

अध्यागमन उद्देश्यका लागि बालक भनेको २१ वर्ष मुनिको र अविवाहित व्यक्ति हो। ब्याकलगको कारण गैर नागरिकहरू जसको ग्रीन कार्डको एकमात्र बाटो बालकको रूपमा वर्गीकृत हुनुमा निर्भर हुन्छ तिनीहरू २१वर्षको भएपछि ग्रिनकार्डको बाटो बन्द हुन्छ । केही गैर नागरिकहरू २१ वर्ष नाघेपछि परिवारमा आधारित अन्य कोटीहरूमा योग्य हुन सक्छन् तर त्यसका लागि लामो समयसम्म पर्खनुपर्छ ।

२० वर्ष भन्दा लामो समयदेखि बाल स्थिति संरक्षण ऐनले २१ वर्ष पुगेका केहीलाई २१ वर्ष मुनिको उमेरलाई लकगरेर उनीहरूको ग्रीन कार्ड योग्यता सुरक्षित गर्न अनुमति दिएको छ। यो योग्यताको कुञ्जी भनेको आप्रवासी भिसा नम्बर उपलब्ध भएको बेलामा बच्चाको उमेर कति छ भन्ने नै हो ।

संसदले परिवार र रोजगारीमा आधारित ग्रिनकार्डका श्रेणीमा वार्षिक र प्रति देशको कोटा राखेको छ। विदेश मन्त्रालयले आप्रवासी भिसा उपलब्धताको चार्टको साथ मासिक भिसा बुलेटिन प्रकाशित गर्दछ। गैरनागरिकहरूले आफ्नो आप्रवासी भिसा श्रेणी र जन्मको देशको आधारमा कहिले आप्रवासी भिसा आवेदन प्रक्रिया प्रारम्भ गर्न सक्छन् वा अमेरिकाममै हुनेले ग्रिनकार्ड आवेदन फाइल गर्न योग्य हुन्छन् भन्ने निर्धारण भिसा बुलेटिनका आधारमा गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल स्थिति संरक्षण ऐन अन्तर्गत २१ बर्ष नपुगेको व्यक्तिले आप्रवासी भिसा नम्बर उपलब्ध भएको मितिको एक वर्ष भित्र आप्रवासी भिसा प्राप्त गर्न वा स्थिति समायोजन गर्न निश्चित कदम चालेमा उसको उमेर आवेदन जति दिन पेन्डिङ हुन्छ, त्यही दिनको संख्याले घटाइन्छ ।

आर्थिक वर्ष २०१६ अघि भिसा बुलेटिनमा परिवार र रोजगारीमा आधारित श्रेणीका लागि प्रत्येक एक मात्र चार्ट थियो। यद्यपि अक्टोबर २०१५ को भिसा बुलेटिनबाट परिवारमा आधारित र रोजगारमा आधारित श्रेणीका लागि अन्तिम एक्सन मिति र फाइल गर्ने मिति गरी दुई चार्टहरू समावेश गर्न थालियो । फाइल गर्ने मितिको चार्ट अनुशार भिसा करेन्ट हुनेहरुको ग्रिनकार्ड आवेदन तुरुन्तै फाइल गर्न सकिन्छ तर उमेरको गणना भने अन्तिम एक्सन मितिका आधारमा गरिदै आएको थियो । जसका कारण कैयन व्यक्ति एजआउट भएका कारण अर्थात् २१ बर्ष नाघेका कारण ग्रिनकार्डका लागि अयोग्य हुन पुगे ।

लगभग पाँच वर्ष पछि युएससीआईएसले आफ्नो नीति अपडेट गरेको छ । एजेन्सीले अब फाइल गर्ने मितिका आधारमा नै उमेरको गणना गर्नेछ । जसले गर्दा अब धेरै आवेदक एजआउट हुने खतरा कम हुनेछ । यो व्याख्या फेब्रुअरी १४ मा वा पछि निर्णय गपरने आवेदनहरूको समायोजनमा लागु भएको छ ।

नीति परिवर्तनको घोषणा गर्दा युएससीआईएसले एजआउटका कारण ग्रिनकार्ड अस्वीकृत भएकाहरुले आवेदन पुन खोल्न सक्ने जनाएको छ । तर जसले एज आउट भएका कारण ग्रिनकार्ड आवेदन फाइल गर्न पाएनन् उनीहरुको विषयमा भने युएससीआईएसले सम्बोधन गर्न सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com