नेपाली लगायतको टीपीएस खारेज गर्ने सर्किट कोर्टको फैसला उल्टाइयो, अब पूर्ण प्यानलमा सुनुवाई हुने


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

अमेरिकाको नवौं सर्किट कोर्ट पुनरावेदनले नेपाल लगायतका देशको टीपीएस समाप्त गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई अनुमति दिने पहिलेको निर्णय खारेज गरेको छ । साथै मुद्दाको पूर्ण प्यानलमा पुन सुनुवाइ गर्न सहमत भएको छ ।

यो निर्णयले नेपाल लगायतका टीपीएसवाहकलाई तत्कालै भने कुनै प्रभाव पर्दैन। किनभने नोभेम्बर २०२२ मा बाइडेन प्रशासनले नेपाल नेपालका टीपीएसवाहकको कागजातको अवधि सन् २०२४ को जुन ३० सम्म थपिसकेको छ ।

woman in gold dress holding sword figurine

नवौं सर्किट कोर्टले सन् २०२० को सेप्टेम्बरको एउटा फैसलालाई खारेज गरिदिएको हो । उक्त विभाजित फैसलाले सरकारलाई टीपीएस समाप्त गर्ने दिशामा अगाडि बढ्न अनुमति दिएको थियो । तर उक्त फैसला खारेजीसँगै अब टीपीएसको समाप्ति रोक्न तल्लो अदालतको आदेश कायम भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवौं सर्किटले रामोस केसको पूर्ण प्यानल पुन सुनुवाईका गर्न सहमत भएपछि अब त्यसले नेपाल लगायत प्रभावित देशहरूका लागि टीपीएसको समाप्तिलाई पुन अवलोकन गर्नेछ। अधिकारकर्मीहरुले बाइडेन प्रशासनलाई यस विषयमा थप मुद्दा चलाउनुको सट्टा यी देशहरूको लागि आफ्नो टीपीएस नीतिमा पुनर्विचार गर्न प्रोत्साहन दिइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com