ग्रिनकार्ड आवेदकका २१ बर्ष नपुगेका छोराछोरीलाई फाइदा पुग्नेगरी युएससीआईएसले ल्यायो नयाँ नीति


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

बाइडेन प्रशासनले बाल स्थिति संरक्षण ऐन अन्तर्गत केही परिस्थितिहरूमा गैर नागरिकको उमेर गणना गर्ने उद्देश्यका लागि नीति म्यानुअल अपडेटको घोषणा गरेको छ । जुन एज आउट हुनेहरुको समस्यालाई सम्बोधन गर्न एउटा सानो तर महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।

परिवारमा आधारित वा रोजगारीमा आधारित आप्रवासी भिसा वा ग्रिनकार्डको लागि अभिभावकको स्वीकृत निवेदनको आधारमा बच्चाले अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्नको लागि बच्चा सामान्यतया २१ वर्ष भन्दा कम उमेरको हुनुपर्छ। यदि बच्चा २१ वर्षको भएमा वा एजआउट भएमा आमाबाबुको निवेदनको आधारमा सिधै ग्रिनकार्ड पाउन योग्य हुँदैन।

यसलाई केहीहदसम्म सम्बोधन गर्न युएससीआईएसले आधिकारिक रूपमा लामो समयदेखि अनुरोध गरिएको नीति परिवर्तन गरेको हो । युएससीआइएसले बच्चाको उमेर निर्धारण गर्न अबदेखि फाइलिङ चार्टको मितिहरू प्रयोग गर्ने भएको छ । जसका आधारमा पहिले अस्वीकार गरिएको निवेदन समेत पुन खोल्न सकिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म युएससीआईएसले यो प्रयोजनका लागि भिसा बुलेटिनको फाइनल एक्सन मिति प्रयोग गर्दै आएको थियो । अब बुबाआमाको परिवार र रोजगारमा आधारित स्वीकृत ग्रिनकार्ड आवेदनमा फाइलिङ चार्टको मिति करेन्ट हुँदा बच्चाको उमेर २१ बर्ष नाघेको छैन भने उक्त बच्चाले बाबुआमासँगै आप्रवासी भिसा वा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछ ।

नयाँ नीति अन्तर्गत युएससीआईएसले अब बाबुआमासँगै २१ बर्ष नपुगेका छोराछोरीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने उद्देश्यका लागि गैर नागरिकहरूको उमेर गणना गर्न फाइलिङ चार्टका मितिहरू प्रयोग गर्नेछ । जसले गैर नागरिकहरूलाई उनीहरूको स्थिति समायोजन गर्न योग्यता बारे थप निश्चितता प्रदान गर्ने युएससीआईएसले जनाएको छ ।

अमेरिकी विदेशमन्त्रालयको भिसा बुलेटिन भिसा नम्बर कहिले उपलब्ध हुन्छ भनेर निर्धारण गर्न प्रयोग गरिन्छ। भिसा बुलेटिनमा दुईवटा चार्टहरू छन् फाइलिङको मिति र फाइनल मिति चार्ट। चाहे गैर नागरिकले चार्टमा फाइलिङ मिति प्रयोग गरेर ग्रिनकार्डका लागि आवेदन दिएतापनि अहिलेसम्म युएससीआईएसले फाइनल एक्सन चार्टमा आधारित रहेर उमेर गणनाको उद्देश्यका लागि छोराछोरीहरुको योग्यता निर्धारण गर्दै आएको थियो ।

युएससीआईएसको यो नीति परिवर्तन तुरुन्तै प्रभावकारी हुने र विचाराधीन आवेदनमा समेत लागू हुने जनाइएको छ । त्यसकारण पेन्डिङ आवेदन भएका केही गैर नागरिकहरूले अब यो परिवर्तनको आधारमा आफ्ना छोराछोरीहरुको पनि आफूसँगै आप्रवासी भिसा वा ग्रिनकार्ड पाउन सक्छन् ।

यदि कोही गैर नागरिकहरू नीति परिवर्तनको कारणले आफ्नो स्थिति समायोजन गर्न योग्य छन् र तिनीहरूले स्थिति समायोजनको लागि दायर गरेका छन् भने तिनीहरू पनि ग्रिनकार्ड आवेदन पेन्डिङ रहेको आधारमा वकै परमिट वा यात्रा गर्न एड्भान्स परोलका लागि आवेदन दिन योग्य हुनेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com