कैलालीका सयौं महिला सीप सिकेर ‘ब्युटीसियन’ पेसामा आबद्ध, आर्थिकरुपमा पनि सफलता


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ ।

कैलालीको लम्कीकी यशोदा मास्के जिसीले ब्युटीपार्लर खोलेको १५ वर्ष भयो । पन्ध्र वर्षमा उहाँ सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आउनुभएको छ । सुरुमा रहरले यो पेसामा लाग्नुभएकी मास्के आजभोलि सन्तुष्ट हुनुहुन्छ । “विगतमा गाह्रो थियो, अहिले राम्रो छ, आजभोलि पेसासँगै नयाँ बहिनीहरुलाई सिकाउने काम पनि गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यो पेसाले आत्मविश्वास बढाएको छ, जीवन पनि सहज बनाएको छ ।”

यही पेसाले आर्थिक अवस्थामा सुधार आएको उहाँको भनाइ छ । “दैनिक कमाइ हुन्छ, जसले घरखर्च चलाउन सहज भएको छ”, मास्केले भन्नुभयो, “दिनभरि महिलालाई सिगार्ने पेसाले हामीलाई धेरै कुरा दिएको छ ।”लम्की चुहाकै तुल्सीदेवी न्यौपानेले साना बच्चा छाडेर यो सीप सिक्नुभयो । त्यो बेला साना बच्चा हुर्काउनु र अर्कोतिर सीप सिक्न निकै कठिन थियो ।

हाल आर्थिक अवस्था सुधार गर्न र बालबालिकामाथि लगानी गर्न यो पेसाले सहज बनाएको उहाँको भनाइ छ । “अहिले आफैँले कमाएर खर्च गर्न पाइएको छ, अरुसँग माग्नु परेको छैन”, उहाँ भन्नुहुन्छ, “यो पेसाले आर्थिक अवस्थामा सुधार ल्यायो, बालबच्चाका आवश्यकता पूरा गर्न सकिएको छ, आफू बेरोजगार हुनुपरेको छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीकापुरकी निता विष्ट रावलले बच्चा हुर्काएपछि खाली समय सदुपयोग गर्न ब्युटिपार्लर सिक्नुभयो । सिकेको सीप व्यवहारमा उतारौँ भनेर यो पेसा अगालेकी निताले सुरुमा रु एक लाखबाट पार्लर सुरु गर्नुभयो । उहाँले यही पसलबाट धेरै प्रगति गर्नुभएको छ ।

“रु एक लाखबाट व्यवसाय सुरु गरे, हाल लाखौँको सामान छ”, रावलले भन्नुभयो, “यो पेसाले आर्थिकरुपमा बजबुत बनायो, सामाजिक प्रतिष्ठा र आत्मविश्वाससमेत बढाएको छ ।” कैलालीकै गीता गिरीको बच्चैदेखि यही पेसामा लगाव थियो । यही पेसाले घरखर्च र बालबालिकाको शिक्षादिक्षामा लगानी गर्न सकिएको उहाँले बताउनुभयो । “यो पेसामा रहर थियो, महिलाका लागि काम गर्न सजिलो पेसा पनि हो”, उहाँ भन्नुहुन्छ, “त्यसैले यो पेसा रोजँे, राम्रो आम्दानी भइरहेको छ ।”

यस्तै पुष्पा रेग्मीले बेरोजगार भएपछि रोजेको यो पेसाले हाल उहाँलाई आर्थिक र सामाजिकरुपमा सन्तुष्टि दिलाएको छ । “केही गरौँ, आयआर्जनमा जोडिनुपर्छ भनी यो सीप सिके”, रेग्मीले भन्नुभयो, ‘‘अहिले राम्रो हुँदै गएको छ, महिलाहरुलाई सेवा दिन पाइएको छ ।”

यसरी व्यवसाय गरिरहेका महिलालाई स्थानीय सरकार, ब्युटिसियनका सङ्घ संस्थालेसमेत सघाइ रहेकाछन् । उनीहरुको थप दक्षता वृद्धि, नयाँ सिक्न चाहनेलाई तालिमजस्ता कार्यक्रम भइरहेका टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताउनुभयो ।

“नगरपालिकाले अहिले पनि तालिम सञ्चालन गरिरहेको छ, व्यवसाय गरिरहेकाहरुका लागि पनि गर्ने योजना छ”, केसीले भन्नुभयो, “पालिकाले महिलालाई आयआर्जनका कार्यमा लगाउन विभिन्न सीपमूलक तालिम दिने, व्यवसाय गरेकालाई थप विस्तारका लागि सघाउने गरेका छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com