कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध
प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार
s’v’/f / c08f ;8sdf ofs]/ lj/f]w algofgL, @$ df3M emfkfsf] latf{df]8 gu/kflnsfl:yt d’lQmrf]sdf dªunaf/ s’v’/f / c08f ;8sdf ofs]/ lj/f]w ub}{ emfkfnL ls;fg . c08fsf] plrt d”No gkfPsf] eGb} ls;fgn] n]o;{ s’v’/f / c08f kmfn]/ lj/f]w u/]sf x’g . tl:a/ M ;Gtf]if zdf{÷ /f;;
झापामा कुखुरापालक तथा अण्डा उत्पादक किसानले जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् । व्यापारबाट बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत भारतबाट अवैध रूपमा कुखुरा तथा अण्डा आउने क्रम नरोकिएकाले किसानहरु आन्दोलित भएका हुन् ।

कुखुरा सडकमा फाल्दा केही कुखुरा मरेका छन् भने केही समय सडक अस्तव्यस्त बनेको थियो । सडकमा नआएसम्म कसैको ध्यान नजाने भन्दै आफूहरु विरोधमा उत्रिएको कुखुरापालक किसानहरुले बताएका छन् ।
प्रदर्शनमा उत्रिएका किसानले बिचौलियाका कारण आफूहरूको उत्पादन बजारमा जान नसक्ने अवस्था आएको र जाँदा पनि उत्पादन मूल्य समेत नपाएको गुनासो गरेका छन् ।






