अब एसाइलम स्वीकृत भएकाले ग्रिनकार्ड आवेदन दिन एकबर्ष निरन्तर अमेरिका बसेको हुनु नपर्ने


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले नीति निर्देशिका अपडेट गरेको छ । उक्त अपडेट अनुशार अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा एकबर्षसम्म अमेरिकामा आवासीय निरन्तरताको गणना उनीहरुले ग्रिनकार्ड आवेदन फाइल गर्नुभन्दा अगाडिको समयको नभई ग्रिनकार्ड आवेदनमा युएससीआईएसले निर्णय गर्नुभन्दा अगाडिको समय गणना गरिने युएससीआईएसले प्रष्ट पारेको छ ।

फेब्रुअरी २ मा पेन्डिङ आवेदनहरू र त्यो मिति वा त्यसपछि दायर गरिएका सबै आवेदनहरूका सन्दर्भमा यो नियम लागु हुनेछ । यस अपडेटले एसाइलम स्वीकृत भएका र शरणार्थीहरुको ग्रिनकार्डको समायोजनमा स्थिरतालाई बढावा दिने युएससीआईएसको भनाई छ ।

यदि ग्रिनकार्डबारे निर्णय गर्ने बेलामा आवेदकले एक वर्षको भौतिक उपस्थितिको आवश्यकता पूरा गरे नगरेको युएससीआईएसले निर्धारण गर्न नसकेको खण्डमा थप प्रमाण पेश गर्नका लागि मौका दिइनेछ ।

अमेरिकामा ग्रिनकार्डका लागि योग्य हुन एक एसाइली वा शरणार्थी एसाइलम स्वीकृत भएको वा अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गरेको अवधिले कम्तीमा एकबर्ष अमेरिकामा शारीरिक रूपमा उपस्थित भएको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि यो योग्यताको आवश्यकता एसाइली र शरणार्थीहरूको लागि समान छ । तर एसाइली र शरणार्थीहरूले ग्रिनकार्डको लागि आवेदन दिंदा वा ग्रिनकार्डबारे निर्णय गर्दा भौतिक उपस्थितिको आवश्यकता पूरा गर्न आवश्यक भए नभएकोबारे युएससीआइएसको नीतिमा केही भिन्नता छ ।

वैधानिक रूपमा शरणार्थीले अमेरिका प्रवेश गरेको १ वर्ष पछि ग्रिनकार्डका लागि आवेदन दिन आवश्यक छ । तर यदि कुनै व्यक्ति अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गरेको एकबर्षको अवधिमा केही समयका लागि अमेरिकाबाहिर यात्रा गरेको भएमा उसले ग्रिनकार्डका लागि आवेदन दिन शरणार्थीका रुपमा मान्यता पाएको अवधिको १ बर्ष पूरा भएको मापदण्ड पूरा गर्न त सक्छ तर अमेरिकामा एकबर्ष निरन्तर भौतिक उपस्थीति भएको मापदण्ड पूरा गर्नभने सक्दैन ।

यस्तो अवस्थामा अमेरिकामा शरणार्थीका रुपमा आएको व्यक्तिले ग्रिनकार्डका लागि आवेदन दिन शरणार्थीको मान्यता पाएको एकबर्ष हुनुपर्ने प्रावधानलाई त सहजै पालना गर्छ । तर ग्रिनकार्ड पाउनका लागि आवेदन दिनुभन्दा अगाडि एकबर्ष अमेरिकामा नै भौतिक रुपमा उपस्थीत हुनुपर्ने आवश्यकतालाई पूरा गर्न असमर्थ हुन्छ । यसैलाई सम्बोधन गर्नका लागि युएससीआईएसले आवेदन दिनु अगाडि भौतिक रुपमा एकबर्ष उपस्थीत हुनुपर्ने प्रावधान हटाएर आवेदनबारे निर्णय हुनु अगाडि एकबर्षदेखि भौतिक रुपमा उपस्थीत भएको हुनुपर्ने प्रावधान लागु गरेको छ । यो प्रावधान एसाइलम स्वीकृत भएकाहरुको सन्दर्भमा पनि लागु हुनेछ ।

याद गर्नुहोस्, अझै पनि अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुले ग्रिनकार्डका लागि आवेदन दिन १ बर्ष प्रतिक्षा गर्नुपर्छ । तर अब उक्त एकबर्षको अवधिमा अमेरिकाबाहिर गएकाहरुले पनि ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् । यस अगाडि उक्त एकबर्षको अवधिमा अमेरिकाबाहिर गएको भएमा एसाइलम स्वीकृत भएको वा शरणार्थीका रुपमा प्रवेश गरेको एकबर्ष नाघेपनि ग्रिनकार्डका लागि आवेदन दिन योग्य हुदैनथ्यो । भौतिक रुपमा निरन्तर अमेरिकामा एकबर्ष रहेको समेत हुनुपर्ने प्रावधान थियो ।

जे वान वा जे टु एक्सचेन्ज भिटिरका रुपमा आएका र अमेरिकामा एसाइलम स्वीकृत भएकाहरुका सन्दर्भमा उनीहरुले २ बर्ष आफ्नो देशमा विताउनुपर्ने प्रावधान लागु नहुने युएससीआईएसले जनाएको छ । सामान्यतया एक्सचेन्ज भिजिटरमा अमेरिका आउनेहरुले अमेरिकाबाट फर्केपछि पुन अमेरिका आउनका लागि कम्तीमा २ बर्षको अवधि आफ्नो देशमा विताउनुपर्छ ।

नयाँ अपडेटमा अस्वीकृतिको छूट खोज्ने शरणार्थीहरूका लागि प्रशोधन चरणहरू स्पष्ट गर्ने अप्रचलित फारमको सन्दर्भहरू हटाउने, स्थायी बासिन्दाको रूपमा स्थितिको लागि आवेदनमा निर्णय र शरण समाप्ति प्रक्रियाहरूसँग सम्बन्धित नियामक उद्धरणहरू थप्ने सहित साना प्राविधिक अपडेटहरु पनि समावेश छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com