आजदेखि अमेरिकामा नेपालीका टीपीएसको कागजातको अवधि १८ महिना थप


प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

अमेरिकाले आज डिसेम्बर ३१ देखि लागु हुनेगरी नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरेको छ ।  फेडरल रजिष्टरमा औपचारिक सुचना प्रकाशित गरेर नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थपिएको हो ।

फेडरल रजिष्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

नेपालीका टीपीएसको कागजातको अवधि डिसेम्बर ३१ सम्म कायम रहेकोमा अब स्वत सन् २०२४ को जुन ३० सम्म स्वत थपिएको छ भने टीपीएसवाहकले त्यसका लागि कुनै कदम चाल्न वा शुल्क तिर्न आवश्यक पर्दैन ।

वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत थपिएको छ । रोजगार दातालाई फेडरल रजिस्टरमा प्रकाशित सुचना देखाएर वर्क परमिटको म्याद थपिएको जानकारी गराउन सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्नेछन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

कागजातको म्याद थपसँगै बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने भएका छन् । सन् २०१६ को अक्टोबर २६ देखि डिसेम्बर २७ सम्म र सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म सरकारले नेपाली टीपीएसवाहकका लागि रि रजिस्ट्रेशन खुलाएको थियो ।

यी मध्ये कुनै पनि अवधिमा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने जनाइएको छ । तर त्यसका लागि पहिलो पटक सन् २०१५ मा भने भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

नयाँ वर्क परमिट पाउन आवेदन दिनुपर्छ ?

तपाईले स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु नपर्ने युएससीआईएसले जनाएको छ । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा २०२४ को जुन ३० सम्म प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले २०२४ को जुन ३० सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ । तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।

यदि तपाईले नयाँ म्याद सहितको वर्क परमिट चाहनुहुन्न भने तपाईले आई ७६५ फर्म भर्न र शुल्क तिर्न आवश्यक छैन । तपाईले भविश्यमा कुनै पनि बेला नयाँ वर्क परमिट चाहनुहुन्छ भने त्यतीबेला पनि शुल्क तिरेर फर्म आई ७६५ भरेर आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाई टीपीएस पेन्डिंग अवस्थामा रहेको वा तपाई टीपीएसमा रहेको हुनुपर्छ ।

यदि तपाईले २०२४ को जुन ३० सम्म म्याद भएकै वर्क परमिट चाहनुहुन्छ भने तपाईले तपाईसँग अहिले भएको वर्क परमिटको म्याद नसकिदै वा सकिएपछि जहिले पनि आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईले वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क र आवेदन शुल्क वा दुईमध्ये एक तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाईले शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईको वर्क परमिट आवेदन पेन्डिंग अवस्थामा छ भने तपाईले स्वत नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नुहुनेछ, नयाँ आवेदन दिन आवश्यक हुनेछैन । पुरानै वर्क परमिटले काम गर्ने भएपनि सरकारका कतिपय निकायमा बुझाउन असहज हुनसक्ने, सधै फेडरल रजिस्टरमा प्रकाशित सुचना बोकेर हिड्न असहज हुने, ड्राइभर लाइसेन्स वा स्टेट आईडीको म्याद थप्ने क्रममा झन्झट हुनसक्ने, रोजगारदातालाई बुझाउन झन्झट हुनसक्ने वा रोजगारदाताले अनलाइनमा चेक गर्ने झन्झटका कारण काममा नै नराख्ने जस्ता समस्या आउनसक्ने भएकाले नयाँ म्याद सहितको वर्क परमिटका लागि आवेदन दिन कानुन व्यवसायीहरुको सुझाव छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com