अमेरिकी ग्रिनकार्डमा पब्लिक चार्जको नयाँ नियम डिसेम्बर २३ मा लागु हुने


प्रकाशित मिति : पुस ४, २०७९ सोमबार

(डिएचएस फोटो: सिड्नी फिनिक्स)

अमेरिकी ग्रिनकार्डमा पब्लिक चार्जको नियम डिसेम्बर २३ मा लागु हुने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ग्रिनकार्ड आवेदनमा कस्तो प्रकारको पब्लिक चार्जका आधारमा ग्रिनकार्ड र भिसा अस्वीकार गर्न सक्ने भन्नेबारे अन्तिम नियम लागु गर्न लागेको हो ।

यो अन्तिम नियमले अमेरिकामा गैर नागरिकहरूका लागि सरकारी सुविधा लिएको आधारमा कसरी ग्रिनकार्ड अस्वीकार्यताको नियमलाई व्यवस्थापन गर्नेछ भन्ने बारे स्पष्टता र स्थिरता प्रदान गर्दछ। यो अन्तिम नियमले पब्लिक चार्जको ऐतिहासिक बुझाइलाई पुनर्स्थापित गर्दछ ।

ट्रम्प प्रशासनले पब्लिक चार्जमाफर्त ग्रिनकार्ड र भिसा अस्वीकार गर्ने निर्धारणको भागको रूपमा मेडिकेड र पोषण सहायता जस्ता पूरक सार्वजनिक स्वास्थ्य लाभहरूलाई पनि पब्लिक चार्जका रुपमा लिएको थियो । तर पब्लिक चार्जको नियम भने यसभन्दा अगाडि दशकौंदेखि कार्यान्वयनमा रहदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अन्तिम नियममा पब्लिक चार्जका आधारमा ग्रिनकार्ड अस्वीकृत हुने अवस्था निर्धारण गर्दा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक स्थिति, सम्पत्ति, स्रोत र वित्तीय स्थिति, शिक्षा र सीप, स्पोन्सर, पूर्व वा हालको पूरक सुरक्षा आय एएसआई, खाँचोमा परेका परिवारका लागि अस्थायी सहायता टीएएनफ, संघीय, राज्य, वा स्थानीय नगद सहयोग वा सरकारी खर्चमा दीर्घकालीन गास, बास र उपचारको अवस्था लगायतको विचार गर्नेछ ।

तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सरकारी खर्चमा दीर्घकालीन गास, बास र उपचारको अवस्था गैरनगद लाभहरूलाई भने ग्रिनकार्ड अस्वीकार गर्नका लागि पब्लिक चार्जको नियमभित्र पर्ने सरकारी सुविधाका रुपमा नलिने स्पष्ट पारेको छ । उदाहरणका लागि पूरक पोषण सहायता कार्यक्रम एसएनएपी, सार्वजनिक आवास, विद्यालय खाजा कार्यक्रमहरू पब्लिक चार्जमा पर्नेछैनन् ।

युएससीआईएसले नयाँ नियम अनुशार नीति म्यानुअल अपडेट पनि गरेको छ । जसमा युएससीआईएसका अधिकारीहरूलाई यस नियमलाई निष्पक्ष र निरन्तर रूपमा कसरी लागू गर्ने र नियम कसरी लागू हुनेछ भन्ने बारे जनतालाई जानकारी दिने मार्गदर्शन प्रदान गर्दछ।

ग्रिनकार्डको नयाँ फर्म

युएससीआइएसले डिसेम्बर २३ वा त्योपछिका मितिमा दायर गरिएका आवेदनहरूमा पब्लिक चार्जको नयाँ नीति निर्देशन लागू गर्न थाल्नेछ। जस अनुशार युएससीआईएसले ग्रिनकार्ड आवेदनको नयाँ संस्करण समेत प्रकाशित गरेको छ । यो संस्करण पनि डिसेम्बर २३ पछि लागु हुनेछ । डिसेम्बर २३ वा त्योपछि पुरानो संस्करणको ग्रिनकार्ड आवेदन दिएमा स्वत अस्वीकृत हुनेछ ।

गत सेप्टेम्बर ९ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जको नयाँ अन्तिम नियम प्रकाशित गरेको थियो । यो नयाँ अन्तिम नियम डिसेम्बर २३ मा लागु हुने भएकाले ग्रिनकार्ड आवेदन फर्म आई ४८५ को नयाँ संस्करण ल्याइएको हो ।

ग्रिनकार्ड आवेदन फर्मको नयाँ संस्करणबारे निर्देशिकाहरु सेप्टेम्बर ९ मा नै प्रकाशित गरिएको थियो । पूर्वावलोकन संस्करणहरू र फारम निर्देशनहरू युएससीआईएसले पनि नोभेम्बर २३ मा प्रकाशित गरेको थियो ।

युएससीआईएले फर्मको नयाँ संस्करण प्रकाशित गरिसकेको छ । तर यो केबल डिसेम्बर २३ पछि आवेदन दिने आवेदकलाई तयारी गर्न सहजताका लागि प्रकाशित गरिएको र डिसेम्बर २३ अगाडि पूरानै संस्करण प्रयोग गर्न सुझाव दिइएको छ ।

पूरानो आई ४८५ आवेदन १८ पेजको रहेको छ भने नयाँ आवेदन २० पेजको रहेको छ । सामान्य योग्यता र अस्वीकृतिका आधारको प्रश्न ६१ मा अहिलेको फर्ममा अमेरिकामा अमेरिकी सरकार वा कुनै पनि राज्य, काउन्टी, शहर, वा नगरपालिकाबाट कुनैपनि श्रोतबाट सरकारी सुविधा लिएको नलिएकोबारे प्रश्न रहेको छ भने ६२ मा लिने सम्भावना भए नभएकोबारे प्रश्न सोधिएको छ ।

नयाँ फर्ममा थपिएका प्रश्नहरु

तर नयाँ फर्ममा भने पब्लिक चार्जमा पर्ने नपर्ने सिधा प्रश्न गर्दै यदि पर्ने देखिएको खण्डमा परिवारको आकार, परिवारको बार्षिक आम्दानी, कुल सम्पत्तिको मूल्य, परिवारको दायीत्व रकम, आफ्नौ शैक्षिक योग्यता, प्रमाणपत्र, इजाजतपत्र, कार्य अनुभव मार्फत प्राप्त कौशल लगायतका विवरणहरु भर्नुपर्नेछ । साथै सप्लीमेन्टल सेक्युरिटी इन्कम, खाँचोमा परेका परिवारहरूको लागि अस्थायी सहायता प्राप्त गरे नगरेको पनि जानकारी दिनुपर्नेछ ।

नयाँ फर्ममा थपिएका प्रश्नहरु

सरकारी खर्चमा दीर्घकालीन संस्थागत सहयोग प्राप्त गरे नगरेको विवरण बुझाउनुपर्नेछ भने गरेको भएमा कहिलेदेखि कहिलेसम्म कति डलरको सहायता प्राप्त गरेको हो त्यसलाई फर्ममा सुचिकृत गर्नुपर्नेछ । त्यस्तै कहाँबाट के कारणले सहायता प्राप्त गरेको हो त्यसको विवरण पनि बुझाउनुपर्नेछ ।

अहिलेको फर्मको तुलनामा डिसेम्बर २३ पछि लागु हुने नयाँ फर्म थप जटिल रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com