विनाभिसा सिमाक्षेत्रबाट आउनेहरुको एसाइलमको मापदण्ड कडा बनाउने योजनामा बाइडेन प्रशासन
प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार
President Joe Biden talks on the phone with veterans, Monday, August 29, 2022, in the Oval Office. (Official White House Photo by Adam Schultz)
बाइडेन प्रशासनले दक्षिणी सिमानामा शरणका लागि योग्य हुने आप्रवासीहरूको संख्या घटाउने योजनालाई ठोस बनाउने र आप्रवासीहरूलाई आफ्नो देशमा नै आवेदन दिन पाउने गरी नयाँ तर साँघुरो बाटो खोल्ने योजना बनाउदैछ ।
विचाराधीन प्रस्तावमा हाइटी, निकारागुआ र क्युबाका नागरिकका लागि उनीहरूको गृह देशबाट मानवीय प्यारोलको लागि आवेदन दिन पाउने गरी नयाँ कार्यक्रमहरू रहेका छन् ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विना भिसा सीमा पार गर्ने आप्रवासीहरूको अन्तर्वार्ता लिने एसाइलम अधिकारीहरूका लागि नयाँ प्रशिक्षणको योजना पनि बनाइरहेको छ । आप्रवासीहरूलाई यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि अन्तर्गत योग्य भएमा मात्र अमेरिका प्रवेश गर्न निर्देशन दिइनेछ। जुन एसाइलमका लागि पहिले आवश्यक भन्दा धेरै कडा मापदण्ड हो ।
आफ्नो देश फर्किएमा आफू यातनाको शिकार हुनसक्ने सम्भावना रहेको प्रमाणित गर्न नसक्नेहरूले आफूले पहिलो पटक अमेरिकाको सिमानामा जाने बाटो भएर गुज्रिएको देशमा शरण खोजेको र अस्वीकार गरिएको देखाउनुपर्नेछ । यो मोडेललाई पहिलो पटक सन् २०१९ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका अध्यागमन सल्लाहकार स्टीफन मिलरद्वारा अभ्यास गरिएको थियो ।

सोमबारको एउटा अन्तर्वार्तामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले कथित ट्रान्जिट प्रतिबन्ध विचाराधीन रहेको कुरालाई अस्वीकार गरेनन्। यसले के प्रदान गर्दछ, यसले के प्रदान गर्दैन भनेर बुझ्नको लागि विशेष रूपमा के प्रस्ताव गरिएको छ भनेर आफू हेर्नुपर्ने उनले बताए ।
बाइडेन प्रशासनले सप्ताहन्तमा यस विषयमा कम्तिमा छ वटा बैठकहरू गरेको जनाइएको छ । ती बैठकहरु डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र ह्वाइट हाउस स्तरहरूका बैठक थिए ।
विचाराधीन योजनाको प्रभावले शरण खोज्न अमेरिकामा बस्न अनुमति दिइएका आप्रवासीहरूको संख्यामा ठूलो कमी हुनेछ जनाइएको छ । र मेक्सिकोमा फर्किने वा आफ्नै देशहरूमा निर्वासित हुने संख्यामा वृद्धि हुने जनाइएको छ । यद्यपी योजनाको विवरणहरू अझै पनि परिवर्तन हुनसक्ने जनाइएको छ ।
अमेरिकाले मेक्सिकोसँग अमेरिकाले टाइटल ४२ हटाएपछि पनि कति आप्रवासीहरूलाई सीमा पार मेक्सिकोमा फिर्ता पठाउन अनुमति दिनेछ भन्नेबारे वार्ता गरिरहेको छ ।






