कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजान डेमोक्र्याट्सको अन्तिम प्रयास सफल होला ?


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

रिपब्लिकनहरूले जनवरीमा प्रतिनिधिसभाको नियन्त्रण लिनु अघि र राजनीतिक रूपमा कठिन सम्झौताहरूमा पुग्न अझ गाह्रो बनाउनु अघि केही द्विदलीय सिनेटरहरूले अन्तिम समयमा केही अध्यागमन सम्झौताहरूका लागि प्रयास गरिरहेका छन् ।

डेमोक्रेटिक सिनेटर किर्स्टन सिनेमा र रिपब्लिकन सिनेटर थम टिलिसले सम्भावित अध्यागमन प्रस्तावको रूपरेखा प्रस्तुत गरेका छन् जसले बालबालिकाको रूपमा अमेरिकामा ल्याइएका २० लाख कागजविहीन आप्रवासीहरूलाई वैधानिकीकरणको बाटो प्रदान गर्नेछ ।

कम्तिमा २५ बिलियन डलरको सीमा गस्ती र सीमा सुरक्षाको लागी कोष वृद्धिको बदलामा अध्यागमन सुविधाका लागि छलफल भइरहेको छ । दुई दलीय छलफलमा टाइटल ४२ लाई कम्तिमा एक वर्षको लागि लम्बाउने विषय पनि समावेश छ । जनस्वास्थ्य संकटको कारणले आप्रवासीहरूको तत्काल देशनिकाला आवश्यक भएको तर्क गदै ट्रम्प प्रशासनले कोरोनाभाइरस महामारीको समयमा टाइटल ४२ स्थापना गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच डेमोक्रेटिक सिनेटर माइकल एफ बेनेट र रिपब्लिकन सिनेटर माइक क्रेपोले केही गैरकानुनी खेतीपाती कामदारहरूलाई नागरिकताको बाटो प्रदान गर्ने सदनले पारित गरेको मापदण्डमा आधारित एउटा संकीर्ण विधेयकमा वार्ता गरिरहेका छन्। सिनेटरहरू अझै सम्झौतामा पुगेका छैनन् तर यस महिनाको सत्रको अन्त्य हुनु अघि एउटा सम्झौतामा पुग्ने आशामा छन् ।

अध्यागमन सुधारलाई सम्बोधन नगरी संसदको कार्यकाल सकिन लागेको अवस्थामा यस्तो प्रयास भइरहेको छ । यद्यपि सम्भावित अध्यागमन सुधारका लागि वार्ताहरू भइरहेका छन् । तर सरकार शटडाउन रोक्न र केवल तीन हप्ता बाँकी रहेको रक्षा खर्चलाई प्राथमिकता दिनको लागि अगाडि बढिरहेको संसदले यो छोटो अवधिमा अध्यागमन सुधारमा काम गर्ने आशा भने कमै रहेको छ ।

सिनेटले मार्च २०२१ मा प्रतिनिधिसभाबाट पारित गरेर पठाएका दुईवटा द्विदलीय बिलहरू लिएन । जसमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिन र खेतीपातीमा काम गर्ने कागजपत्रविहिन कामदारहरूको लागि अध्यागमन सुविधा समावेश थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com