१११ बर्षकी महिलाले लिइन् अमेरिकी नागरिकता


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

१११ बर्षकी एक महिलाले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । सिरियाका एन्टेन्जा कुएलर नामकी क्युबाकी महिलाले ओर्लान्डो कार्यालयमा अमेरिकाको नागरिकताको सपथग्रहण गरेको युएससीआईएसले जनाएको छ ।

अमेरिकी नागरिकता लिंदा उनी छोरी र ज्वाइँसँगै थिइन् । शताब्दी नाघेकाहरुसँगको भेटघाट सधैं विशेष हुने भन्दै युएससीआईएसले ती महिलालाई बधाई तथा शुभकामना दिएको छ ।

यदि तपाईं शारीरिक वा विकासात्मक असक्षमता वा मानसिक अपाङ्गता भएको खण्डमा अमेरिकी नागरिकताका लागि परीक्षामा छुट प्रदान गरिन्छ । अन्यथा अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिन्छ भने त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुन्छ ।

नागरिकताका लागि फाइल गर्दा ५० वर्ष वा सोभन्दा माथिको उमेर भएमा र अमेरिकामा २० वर्षदेखि स्थायी बासिन्दा भएको खण्डमा अँग्रेजी भाषा परीक्षामा छुट दिइन्छ । त्यस्तै नागरिकताका लागि फाइल गर्दा ५५ वर्ष वा सोभन्दा माथिको उमेर भएमा र अमेरिकामा १५ वर्षदेखि स्थायी बासिन्दा भएको खण्डमा पनि अँग्रेजी भाषा परीक्षामा छुट दिइन्छ । यो अवस्थामा आफ्नो भाषामा सिभिक परीक्षा दिन पाइन्छ भने अनुवादक लैजानुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि नागरिकता आवेदन दिएको व्यक्ति ६५ वर्ष वा माथिको भएको र नागरिकता फाइल गर्दा कम्तिमा २० बर्षभन्दा बढी अमेरिकाको स्थायी बासिन्दा भएको सन्दर्भमा पनि विशेष छुट दिइन्छ ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँग्रेजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com